चितवन-३ मा प्रचण्डको उम्मेदवारी दर्ता
चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताको भिडबीच प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।