७० वर्षपछि अब बन्‍ने सरकार पाँच वर्ष टिक्छ : प्रचण्ड

७० वर्षपछि अब बन्‍ने सरकार पाँच वर्ष टिक्छ : प्रचण्ड

चितवन : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तफृबाट उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकार पाँच बर्ष टिक्ने दाबी गरेका छन्।

चितवन : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तफृबाट उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकार पाँच बर्ष टिक्ने दाबी गरेका छन्।

‘११ वर्षपछि चितव आउँदा हर्षित भएको अनुभूति भएको छ, वाम गठबन्धन गरेर वाम शक्ति एक भएर आउनु मेरो लागि एतिहासिक अवसर हो’, उम्मेदवारी दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘यो निर्वाचनपछि राजनीतिक स्थिरता आउने छ र जनताले देशमा ७० वर्षपछि पाँच वर्ष एउटै सरकार पाउनेछन्।’

राजनीतिक अस्थिरता सँगै नयाँ सरकार बनेपछि देशले विकासको गति लिने दाबी समेत प्रचण्डले गरे। ‘जनताको आर्थिक विकास र समृद्धिको चाहना पूरा हुन्छ त्यसपछि मात्र जनताले जनप्रतिनिधिको परीक्षा लिन पाउने छन्’, प्रचण्डले भने।

एमाले र माओवादीबीच भएको चुनावी वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका प्रचण्डका लागि प्रस्तावक अमिक शेरचन समर्थक एमाले ३ नम्बर क्षेत्रका संयोजक रामजीप्रसाद सापकोटा थिए।

त्यस्तै चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट एमाले नेता सुरेन्द्र पाण्डे र २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धनका उम्मेदवार एमाले पार्टी कार्यालयबाट रयालीसहित निर्वाचन कार्यालयमा पुगेका थिए।

मनोनयन दर्तापछि अहिले वाम गठबन्धनका नेताहरु जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा आयोजित सभामा सहभागी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.