एमालेका उम्‍मेदवारलाई आफ्नैबाट चुनौती

एमालेका उम्‍मेदवारलाई आफ्नैबाट चुनौती

चरीकोट: बामगठबन्दन दोलखालाई आफ्नै बाट चुनौती थपिएको छ। नेकपा एमाले दोलखाको लाल किल्लाको रुपमा रहेको भए पनि बाम गठबन्दन कै कारण समस्यामा परेको हो। बाम गठबन्दनकै कारण आफूले टिकट नपाएको भन्दै एमालेकाप्रभावशाली नेतालालकुमार केशीमालेमाप्रवेश गरी उम्मेदवार बनेका छन्।

दोलखाको प्रदेश सभातर्फ क्षेत्र नम्वर २ का उम्मेदवार बनेका नेकपाएमालेकापोलिटव्यूरो सदस्य समेत रहेकापशुपतिचौलागाइको विपक्षीमा नेकपामाले काउम्मेदवार केशीप्रमुखप्रतिस्पर्धी देखिएका छन्।

एमाले बाटै जिल्लाविकास समिति दोलखाको सभापति समेत भएका केशीजिल्लाको लोकप्रिय नेताको रुपमा परिचित रहेका छन्। केशी सभापतिभएकोबेला दोलखाको विकासमा धेरै फड्को मारेको कारण पनिउनिलोकप्रिय नेताको रुपमा देखिन्छ।

लामो समय सम्म नेकपाएमालेमालागेका केशीउम्मेदवारी मनोनयनको दिनमात्र नेकपामालेमाप्रवेश गरी उम्मेदवार बनेका थिए। दोश्रो संविधान सभाको निर्वाचनमा पनि अन्तिम समयमा टिकट खोसेर क्षेत्र नम्वर-१ का नेता आनन्दप्रसाद पोखरेललाई टिकट दिएका थिए। त्यो बेलापनि असतुष्ट देखिएका नेता केशीलाई एमालेले अर्को निर्वाचनमाउम्मेदवार बनाउने आश्वासनदिएकाथिए।

अन्तिम समयमा फेरी पनि एमालेले क्षेत्र नम्वर १ बाट क्षेत्र नम्वर २ मा नेता ल्याएर उम्मेदवार बनाएको भन्दै नेता तथा कार्यकर्ताहरुले चर्को आलोचना गरेका थिए। कार्यकर्ताहरुकै दवावमा आफू उम्मेदवार बनेको नेता केशीको भनाइ रहेको छ।

क्षेत्र नम्बर नेताहरुको दासत्वअन्त्यगर्नको लागिआफ्नो उम्मेदवारी रहेको बताउदै भारीमतले आफ्नो विजयी निश्चित रहेको बताएका छन्।शालिन स्वभावका चौलागाई दोश्रो संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सभासद बनेका थिए।

क्षेत्रनम्वर १ को बैतेश्वर गाउँपालिकाको काभ्रेमा जन्मिएका चौलागाई प्रतिनिधि सभाको उम्मेदवारको लागि दौडधुपमा लागेका थिए। पोलिटव्यूरो सदस्य समेत रहेका कारण उनी आफूले प्रतिनिधि सभाको टिकट पाउँनेमा ढुक्क जस्तै थिए।तर अन्तिम समयमा पार्टी अध्यक्ष केपीशर्मा ओलिले पार्टीका केन्द्रिय सदस्य एवंम जिल्ला इन्चार्ज पार्वत गुरुङलाई खाली टिकट दिएर नेता चौलागाईलाई तीन नम्वर प्रदेशको मुख्यमन्त्री दिने आश्वासनमा प्रदेशसभातर्फ क्षेत्र नम्बर २ को उम्मेद्वार बनाएका थिए।

माओवादी केन्द्र संघ गठबन्दन गरेपछि क्षेत्र नम्वर-१ मामाओवादी केन्द्रका नेता विशाल खड्कालाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्वर-१ मा जसरी पनि माओवादीलाई टिकट दिनु पर्ने भएकोले पनि १ नम्बर क्षेत्रका धेरै एमाले नेताहरु उम्मेदवार बन्‍नबाट बञ्‍चित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.