अछाममा कांग्रेसले गर्यो मनोनयन दर्ता
अछाम: नेपाली कांग्रेसले अछाममा मनोनयन दर्ता गरेको छ। पार्टी कार्यालयबाट बाजागाजासहितको जुलुस मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो।
कांग्रेसले अछाममा प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ बाट बर्तमान पार्टी सभापति भरतकुमार स्वाँर र क्षेत्र नम्बर २ बाट पूर्व पार्टी सभापति पुष्पबहादुर शाहलाई टिकट दिएको छ। यस्तै कांग्रेसले प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर १ को १ बाट पूर्व पाटी सभापति मेघराज खड्कालाई उम्मेदवार बनाएको छ।
यस्तै क्षेत्र नम्बर २ को २ बाट प्रदेश सभा सदस्यमा कांग्रेसले २०७० को संविधान सभाको निर्वाचनका निकट्तम प्रतिद्वन्दी बलबहादुर कुवरलाई टिकट दिएको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश नम्बर २ मा पुर्व पार्टी सचिव टेकबहादुर साउँद र क्षेत्र नम्बर २ को प्रदेश १ बाट महाधिबेशन प्रतिनिधि तथा पुर्व शिक्षक सुरत बहादुर बिष्टले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।