एमालेले धोका दियो भन्दै कोमल ओलीले दिइन् स्वतन्त्र उम्मेदवारी
दाङ: नेकपा एमालेले आफूलार्इ धोका दिएको भन्दै चर्चित लोक गायिका एवम् पूर्व सञ्चारकर्मी कोमल ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्।
एक महिनाअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ओली नेकपा एमाले प्रवेश गरेकी थिइन्। एमाले प्रवेश गरेसंगै उनलार्इ चुनावको टिकट दिने आश्वासन दिइएको थियो तर उम्मेदवार मनोनयन दर्ता गर्ने बेला आफूलार्इ एमालेले टिकट नदिएर धोका दिएको ओलीले आरोप लगाएकी छिन्।
उनले भनिन्, 'एमाले प्रवेश गर्ने बेला मलार्इ टिकट दिने भनिएको थियो तर अहिले मलार्इ धोका दिने काम भयो।' उनी दाङ ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेकी छिन्। राष्ट्रिय झण्डासहित ओली केही समर्थकका साथ उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालय पुगेकी थिइन्।