झापा-५ मा केपी ओलीको उम्मेदवारी दर्ता

झापा-५ मा केपी ओलीको उम्मेदवारी दर्ता

दमक : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस धोकाधाडी र बेइमानी गर्ने पार्टी रहेको आरोप लगाएका छन्। ओलीले कांग्रेसले लिखित सहमती तोड्दै राप्रपामाथि धोका दिएको बताए। धोका दिए पछि आफ्नो पार्टीले राप्रपालाई झापा क्षेत्र नम्बर तीनमा सहयोग गरेको उल्लेख गरे।

 

बिहीबार झापा क्षेत्र नम्बर-५ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अप्ठेरोमा परेका बेला राप्रपालाई सहयोग गरेको उनको भनाइ छ। कांग्रेस दाउपेचमा विश्वास गर्ने तर राजनीतिमा विश्वास नगर्ने पार्टी रहेको बताउँदै उनले एमाले सधै सबैको सहयोगी पार्टी रहेको दाबी गरे।

वाम गठबन्धन सरकारमा आउँदा अधिनायकवाद आउने भन्दै अलोकतान्त्रिक शक्तिले दुष्प्रचार गरिरहेको प्रति उनले कटाक्ष प्रस्तुत गरे। ‘एमाले सरकारमा आयो भने बुढाबुढीलाई गोली हान्छ भनेर यही जिल्लामा समेत एक ताका हल्ला चलेकै हो,’ ओलीले भने, ‘यस्तो कुप्रचार वविास र समृद्धिका लागि हानिकारक छ।’

अस्वस्थ्य प्रचार शैली उचित नहुने बताउदै ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गरे। वाम गठबन्धनको विषयलाई भइरहेको टिप्पणी हतास मानसिकताको उपज भएको उनको ठम्याई छ। उनले सत्ता र शक्तिको दुरुपयोग गरेर वाम गठबन्धन विरुद्ध भइरहेको अनर्गल प्रचार अविलम्व रोकिनु पर्नेमा जोड दिए।

त्यस्तै लोकतन्त्र खतरामा परेको कुप्रचार भइरहेकोप्रति ओलीले कडा शब्दमा प्रतिरोध गरे। लोकतन्त्रका लागि लडेको आफु जत्तिको नेता कोही नभएको दाबी गर्दै उनले त्यस्ता कोही नेता भए आफ्ना अगाडि उभ्याउन चुनौति दिए। उनले भने, ‘बडो अचम्म लाग्छ। जो ठूलाठूला आन्दोलन हुँदा कुन दुला भित्र पसेका हुन्थे आज उनीहरुले नै लोकतन्त्रवादीको पगरी गुथ्न खोज्छन्। ’ उनले बाम गठबन्धनका विरुद्ध कुनै पनि प्रकारका कुप्रचार नगर्न समेत आग्रह गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.