परिवार दलका अध्यक्ष ढकाल एमालेको समानुपातिक सूचीमा

परिवार दलका अध्यक्ष ढकाल एमालेको समानुपातिक सूचीमा

काठमाडौं : नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकाल प्रतिनिधिसभाको निर्बाचनमा नेकपा एमालेको समानुपातिक सूचीमा परेका छन्। एमालेले खस आर्यको कोटामा आफ्ना ४ जना स्थायी कमिटीका नेतापछि अध्यक्ष ढकाललाई समावेश गरेको हो।

 

राष्ट्रवादी र विकास मैत्री शक्तिबीच निर्वाचनमा सहकार्य गर्ने नेपाल परिवार दलको नीति अनुसार प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्बाचन २०७४ मा सो दलले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर नेकपा एमालेसंग चुनावी गठबन्धनको लागि तिन बुँदे सहमति असोज २० गते गरेको थियो।
सोही सहमति अनुसार ढकाललाई उच्च प्राथमिकतामा राखेको एमाले स्रोतले जानकारी दिएको छ। परिवार दलले प्रतिनिधि सभामा दुइ र प्रत्येक प्रदेशमा एक–एक जना उम्मेदवारी पाउनु पर्ने माग एमालेसंग गरेको थियो।

प्रतिनिधि सभामा एक सिट मात्र परिवार दलले पाए पनि भविष्यमा राज्य संयन्त्रका विभिन्न पक्षमा परिवार दललाई स्थान दिने आश्वासन एमाले दिएको छ।

परिवार दलको आह्वान सुर्यमा मतदान भनेर निर्वाचनमा सहभागी हुने सो दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। परिवार दलको सात वटै प्रदेश र सबै जिल्लामा संगठन रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.