ललितपुरमा कांग्रेसले गर्‍यो उम्मेदवारी दर्ता

ललितपुरमा कांग्रेसले गर्‍यो उम्मेदवारी दर्ता

ललितपुर: आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ललितपुरमा नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ।

बिहीबार दिउँसो लगनखेलबाट र्‍यालीसहित कांग्रेसका उम्मेदवारहरु मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए। तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा कांग्रेसका तर्फबाट संघ र प्रदेशका उम्मेदवारहरुले सामूहिक रुपमा मनोनयन दर्ता गरे।

ललितपुरको क्षेत्र १ मा कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा उदय शम्शेर राणा, प्रदेशतर्फ ‘क' मा ऋषिराम घिमिरे, ‘ख' मा मिनकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै क्षेत्र नं २ बाट संघमा महर्जन र प्रदेशका लागि ‘क' पवन विक्रम थापा ‘ख' मा प्रेमकृष्ण महर्जनले मनोनयन दर्ता गरेका छन् भने क्षेत्र नं. ३ को संघमा मदन बहादुर अमात्य, प्रदेश नं. ‘क' का लागि नवराज महत, ‘ख' प्रदेशमा शिवराम बानियाँको मनोनयन दर्ता सम्पन्न भएको छ।

कांग्रेसले प्रतिनिधि सभाका लागि दोस्रो स‌ंविधान सभामा निर्वाचित तीनै जनालार्इ उम्मेदवार बनाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.