इलाममा सबैको जित्‍ने दाबी : झलनाथ खनाल र सुवास नेम्वाङ मैदानमा

इलाममा सबैको जित्‍ने दाबी : झलनाथ खनाल र सुवास नेम्वाङ मैदानमा

इलामः आगामी प्रतिनिधिसभा र प्रदेश सभाका लागि वाम गठबन्धन, नेपाली कांग्रेस र साना दलका उम्मेदवारले जनमत आफ्नो पक्षमा आउने दाबी गरेका छन्। इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट मनोनयन दर्ता गराएका एमालेका वरिष्ठ नेता झलनाथ खनालले देश ऐतिहासिक घडीमा रहेकाले संविधान कार्यन्वायनमा सहभागी हुनका लागि उम्मेद्वारी दिएको बताए। उनले जनताको इच्छा अनुसार नै उम्मेद्वारी दिएको बताए।

उनीसँग प्रतिस्प्रर्धा गर्न नेपाली कांग्रेसले उम्मेद्वार बनाएका पूर्व क्षेत्रीय सभापति भुपेन्द्र कट्टेलले छ पटक निर्वाचनमा उठेर चार पटक जितेका खनालले आफ्नो क्षेत्रमा खास काम नगरेकाले जनताले आफूलाई मतदान गर्ने बताए। सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट खिनु लङ्वा र कांग्रेसका तर्फबाट बिहीबारमात्र संघीय समाजवादी फोरम परित्याग गरेर कांग्रेस फर्केका फोरमका केन्द्रीय सदस्य देवेन्द्र राईले मनोनयन दर्ता गराएका छन्।

सोही क्षेत्रको प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनले एमालेका काजिमान कागतेले मनोनयन दर्ता गराएका छन् भने कांग्रेसका क्षेत्रीय सभापति दुर्गा बराले पनि मनोनयन दर्ता गराएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट एमालेका नेता सुवासचन्द्र नेम्बाङले मनोनयन दर्ता गराएका छन्। नेम्बाङले मनोनयन दर्ता पछि पत्रकारसंग कुरा गर्दै संविधान निर्माणमा आफूले नेतृत्व गरेकोले जनताले यस पटक पनि संविधान कार्यान्वायनमा भूमिका खेल्न अवसर प्रदान गर्ने बताए।

कांग्रेसका तर्फबाट नेम्बाङसँग केशव थापाले प्रतिस्पर्धा गर्दैछन्। संविधान निर्माण, स्थिरता र जिल्लाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेको भन्दै आफूलाई जनताले जिताउने दाबी गरे। उनले नेम्बाङको नेतृत्वमा २० बर्षमा नभएको विकास दुई बर्षमा गरेर देखाउने दाबी गरे। सो क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष रामबहादुर राना र कांग्रेसको तर्फबाट पूर्वकोषध्यक्ष डम्बर खड्काले मनोनयन दर्ता गराएका छन्। सो क्षेत्रको प्रदेश सभा २ मा गठबन्धनका तर्फबाट माओवादीका जिल्ला इञ्चार्ज धिरेन शर्मा र कांग्रेसका तर्फबाट जिल्ला सचिव खगेन्द्र देवानले मनोनयन दर्ता गराएका छन्।

इलाममा संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, विवेकशील साझा पार्टी लगायतले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.