सर्लाहीमा उम्मेदवारी दर्ता : बागीको बिगबिगी

सर्लाहीमा उम्मेदवारी दर्ता : बागीको बिगबिगी

मलंगवा : अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि सलाहीमा बिहीबार मनोनयन दर्ताको काम सम्पन्न भएको छ। सर्लाहीको ४ निर्वाचन क्षेत्र र ८ प्रदेश क्षेत्रको मनोनयन दर्ताको काम सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। क्षेत्र १ को प्रतिनिधिसभाका लागि वाम गठबन्धबाट एमालेका नेता ध्रुव गौतमले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसको तर्फबाट शम्भुलाल श्रेष्ठ र राजपा फोरम गठबन्धबाट राजपाका प्रमोद साहले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट उम्मेदवारी दिएका श्रेष्ठ माओवादी केन्द्र परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन्।

 

क्षेत्र २ बाट कांग्रेस जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन्। राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन्। वाम गठबन्धबाट दिनेश यादवले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट उम्मेदवारी दिएका जंगीलाल राजपाका महामन्त्री पद त्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्। वाम गठबन्धका उम्मेदवार दिनेश राजपा सर्लाहीका अध्यक्ष मण्डलका सदस्य पद परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन्।

क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका हरेश महतोले उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धका तर्फबाट माओवादी केन्द्रका रामेश्वर रायले उम्मेदवारी दिएका छन्। राजपा फोरम गठबन्धबाट फोरमका अशोक सिंह कोइरीले उम्मेदवारी दिएका छन्। रामेश्वर फोरम लोकतान्त्रिक परित्याग गरी माओवादीमा प्रवेश गरेका नेता हुन्।

क्षेत्र ४ बाट नेपाली कांग्रेसका अमरेशकुमार सिंहले उम्मेदवारी दिएका छन्। बाम गठबन्धनबाट माओवादी केन्द्रका शिव पूजन रायले उम्मेदवारी दिएका छन्। राजपा फोरम गठबन्धनबाट राजपाका राकेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धका उम्मेदवार शिव पूजन राजपाका केन्द्रीय सदस्य पद छोडी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

अन्तिम समयमा टिकट नपाएपछि वाम गठबन्धन र राजपा फोरम गठबन्धका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रका केदार खत्रीले क्षेत्र ३ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन्। लालबहादुर माझी मनिषले क्षेत्र १ को (क) बाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन्। खत्री र माझी दुबै माओवादी केन्द्रका नेता हुन्।

राजपाका संजय रौनियार पार्टीबाट टिकट नपाएपछि अन्तिम समयमा नयाँ शक्ति पार्टीबाट क्षेत्र २ को (ख) बाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश सभाका लागि क्षेत्र १ बाट नेपाली कांग्रेसका लागि (क) बाट मनोज चौधरी र (ख) बाट शेष सहदुल्लाहले उम्मेदवारी दर्ता गराएका छन्। एमालेको (क) रामचन्द्र कुशवाह (माके) (ख) बाट बाट बेची लुंगेली (एमाले) र राजपा फोरम गठबन्धबाट (क) बाट उपेन्द्र महतो (राजपा) (ख) बाट रामऔतार महतो (राजपा) ले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र २ बाट कांग्रेसको लागि (क) विनोद साह (ख) बाट नागेन्द्र प्रसाद रायले उम्मेदवारी दर्ता गराएका छन्। राजपा फोरम गठबन्धनको लागि (क) बाट गौरी साह (राजपा) र (ख) बाट अशोक यादव (फोरम) बाट उम्मेदवारी दिएका छन्। बाम गठबन्धनबाट (क) को राजकुमार राय र (ख) बाट पंकज चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र ३ बाट कांग्रेसको लागि (क) बाट कपिलमुनी मैनाली र (ख) बाट कृष्णदेव यादवले उम्मेदवारी दिएका छन्। बाम गठबन्धनको लागि (क) बाट डिल्लीप्रसाद उप्रेती (एमाले) र (ख) बाट रामबाबु सिंह कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्। राजपा फोरम गठबन्धको लागि (ख) बाट संजय यादवले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र ४ बाट कांग्रेसको लागि (क) बाट वीरेन्द्रप्रसाद सिंह र (ख) बाट उपेन्द्र कुशवाहाले उम्मेदवारी दिएका छन्। राजपा फोरम गठबन्धका लागि (क) बाट रामबाबु राय र (ख) बाट केदार नन्दन चौधरीले उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.