ललितपुर २ मा पूर्वडीआईजी नवराज सिलवालको उम्मेदवारी दर्ता

ललितपुर २ मा पूर्वडीआईजी नवराज सिलवालको उम्मेदवारी दर्ता

ललितपुर : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए। यसैगरी नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसालले मनोनयन दर्ता गरेकी छिन्। यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट क्षेत्र नं १ मा दीपक लामा, २ मा रत्न महर्जन र ३ मा दलबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन्।

प्रदेशसभाका लागि काँग्रेसबाट क्षेत्र नं १ (क) मा ऋषिराम घिमिरे र (ख) मा मीनकृष्ण महर्जन, क्षेत्र नं २ (क) मा पवनविक्रम थापा र खमा पे्रमकृष्ण महर्जन तथा क्षेत्र नं ३ (क) मा नवराज महत र खमा शिवराम बानियाँले मनोनयन दर्ता गराउनुभएको छ। यसैगरी वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ (क) मा सुशीला पुन र खमा चेतनाथ सञ्जेल, क्षेत्र नं २ (क) मा माधव पौडेल र खमा ज्ञानेन्द्र शाक्य तथा क्षेत्र नं ३ (क)मा राजकाजी महर्जन र खमा जीवन खड्काले मनोनयन दर्ता गराएका छन्।

नयाँ शक्ति पार्टीबाट क्षेत्र नं २ (क) मा चन्द्र महर्जन र खमा लक्ष्मीकुमार श्रेष्ठ तथा क्षेत्र नं ३ (क) मा विनोद महर्जन र ३ (ख) मा ईश्वर घिमिरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत दवाडीले बताए। प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १३ जनाबाट उम्मेदवारी दर्ता भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.