मनोनयनकै दिन गठबन्धन भत्कियो

मनोनयनकै दिन गठबन्धन भत्कियो

राजविराज : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीविरुद्ध राजपाका नेता विद्रोही उम्मेदवार बनेपछि राजपा-फोरमको गठबन्धन भत्किएको छ । राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले फोरम अध्यक्ष यादवविरुद्ध प्रतिनिनि सभा २ बाट उम्मेदवारी दिएपछि संशकित बनेको फोरमका नेताहरुले समेत राजपालाई छुट्याएको सबैजसो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि सप्तरीमा राजपा र फोरमको गठबन्धनबीच प्रतिनिधि सभामा २-२ र प्रदेश सभामा क्रमशः ५-३ सिट बाँडफाँड गर्ने सहमति भएको थियो । सहमतिअनुरुप फोरमले प्रतिनिधि सभा १ र २ तथा प्रदेश सभामा क्षेत्र नम्बर २ को १, क्षेत्र नम्बर ४ को १ र २ मा चित्त बुझाएको थियो ।

मोरगं र सुनसरीबाट यसअघि निर्वाचित हुँदै आएका फोरम अध्यक्ष यादवले सुरक्षित क्षेत्र खोज्दै सप्तरी २ मा उम्मेदवारी दिएपछि चुनावको तयारी गरिरहेका राजपाका सहमहामन्त्री ठाकुरले असन्तुष्टि जनाउँदै स्वतन्त्रबाट उम्मेदवारी दिए ।

गत संविधानसभाको निर्वाचनमा समेत तेस्रो बढी मत ल्याउन सफल ठाकुरलाई मधेस आन्दोलटनमा निरन्तर सक्रिय रहेपछि प्रभावशाली उम्मेदवारका रुपमा हेरिन्छ । आफ्नो क्षेत्रको प्रदेश सभा १ मा धर्मनारायण राय र २ मा राजपाका अर्का प्रभावशाली नेता लक्ष्मण यादवसँग टिम बनाएर उम्मेदवारी दिएपछि ठाकुरलाई बलियो उम्मेदवार मानिन्छ । नयाँ शक्तिबाट मनोनयन दर्ता गराए पनि राय राजपाका पुराना नेता हुन् तथा मनोनयन दर्ता गर्न उनी ठाकुर र लक्ष्मण यादवकै समूहमा नाराजुलुससहित आएका थिए ।

गठबन्धनको सहमतिअनुसार प्रदेशसभा १ मा फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह र प्रदेशसभा २ मा राजपाका महासचिव मनिष सुमनले उम्मेदवारी दिएका छन् । राजपाका सुमनविरुद्ध उनकै पार्टीका लक्ष्मण यादवले उम्मेदवारी दिएकोमा फोरमले समेत राजविराज नगर प्रमुखमा निकटतम प्रतिद्वन्द्वी रहेका भिमराज यादवलाई स्वतन्त्रबाट उम्मेदवार बनाएको छ ।

क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा राजपाका दिनेश यादवविरुद्ध फोरमका उमेशप्रसाद यादव तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा राजपाका बिदेश्वर यादवविरुद्ध फोरमका उपेन्द्रप्रसाद साह र जवाहरलाल यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि फोरमका केन्द्रीय सदस्य अनिरुद्धकुमार सिंह यादवले गठबन्धनबाट टिकट पाएका राजपाका उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजपाका उपाध्यक्ष नवलकिशोर साहले क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट दिएको उम्मेदवारीविरुद्ध फोरमका प्रदेश समितिका सचिव शम्भु झा स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । काँग्रेस परित्याग गरेका चन्द्रकान्त चौधरीले राजपाबाट उम्मेदवारी पाएपछि राजपाका मुनीलाल खंगले प्रतिनिधि सभा ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी प्रतिनिधिसभा १ मा फोरमका डा. सुर्यनारायण यादवले गठबन्धनबाट उम्मेदवारी दिएकोमा उनी विरुद्ध राजपाका बिनोदकुमारले मनोनयन दर्ता गराएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.