सेनालाई तेक्वान्दो उपाधि

सेनालाई तेक्वान्दो उपाधि

विदुर : नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघ जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा भएको १७औं सिनियर तथा १०औं जुनियर राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । शनिबार भएको अन्तिम प्रतिस्पर्धामा नेपाली सेनाले प्रतियोगिताको सिनियरतर्फको उपाधि उचालेको हो ।

प्रतियोगितामा सेनाले नौ स्वर्ण, १० रजत र १७ कांस्य पदकसहित उपाधि उचाल्न सफल भयो । प्रतियोगितामा जुनियरतर्फको उपाधि मध्यमाञ्चल विकास क्षेत्रले जित्न सफल भयो । प्रतियोगितामा जुनियरतर्फ मध्यमाञ्चलले पाँच स्वर्ण, ६ रजत र तीन कांस्य पदक जित्यो ।

 



प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि सिनियर महिलातर्फको उपाधि मध्यमाञ्चलकी रन्जु पुलामीमगर र जुनियर महिलातर्फ मध्यमाञ्चलकै विपना थापामगरले जितिन् । यसैगरी सिनियर पुरुषतर्फ मध्यमाञ्चलका सागर कुँवर र जुनियर पुरुषतर्फ मध्यमाञ्चलकै युनिश गौतम उत्कृष्ट चुनिए । उत्कृष्ट भएका चारै जनाले जनही दुई हजार पाँच सय रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिताका विजेतालाई स्थानीय भरत खड्काले पुरस्कृत गरे ।

प्रतियोगिता विदुर नगरपालिका-२ मा रहेको खेलकुद कभर्डमा सञ्चालन भएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, सशस्त्र प्रहरी र आयोजक गरी ६ टोलीका एक सय महिलासहित दुई सय जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक वासु भट्टले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातार्फ २५ देखि ७५ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा ४१ स्वर्ण, ४१ रजत र ८२ कांस्य गरी एक सय ६४ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.