सुत्केरीको मृत्युपछि शिक्षण अस्पतालमा तनाव

सुत्केरीको मृत्युपछि शिक्षण अस्पतालमा तनाव

पोखरा : सुत्केरी गीता अर्यालको मृत्यु डाक्टरको लापरबाहीले भएको भन्दै उनका आफन्तले पोखराको गण्डकी शिक्षण अस्पताल खारेजीको मागसहित विरोध प्रदर्शन गरेका छन्। दिनहुँ प्रदर्शनमा उत्रिएका उनीहरुले मृतकको परिवारलाई राहत, नवजात शिशुको लालनपालन र डाक्टरमाथि कारबाही लगायत माग गर्दै आएका छन्।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ रैतेकी १९ वर्षे गीतालाई १७ गते शुक्रबार अस्पतालले मृत घोषणा गरेको थियो। ११ गते अस्पताल भर्ना गरिएकी उनको सोही दिन अप्रेसन गरी बच्चा जन्माइएको थियो।

‘बच्चा दिए तर सुत्केरीलाई भेट्न पनि दिएनन्’, आफन्त प्रेम पौडेलले भने, ‘त्यसै दिनदेखि कसैलाई भेट्न नदिई आइसियुमा राखेको हुँदा लापरवाही नै भएको ठहर गरेका हौं।’

यो विषयमा जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच सोमबार छलफल भएको थियो। अस्पतालले सत्यतथ्य आफन्तलाई बुझाउने निष्कर्ष निकालेर छलफल टुंगिएकोमा अहिले आएर कुनै वास्तापास्ता नगरेको अर्का आफन्त टेकनाथ पौडेलले बताए। अस्पतालका अधिकारीले भने डाक्टरको कुनै लापरवाही नरहेको दाबी गर्दै आएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तारानाथ अधिकारीले उक्त घटनाबारे छानबिन गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रसूति विशेषज्ञ डा. रवि रेग्मी संयोजकत्वमा डाक्टरको समिति बनाएको जानकारी दिए।

उनका अनुसार समितिलाई रिपोर्ट दिन १५ दिनको म्याद छ। तर कुनै सत्यतथ्य राम्ररी जान्न नपाएको भन्दै मृतकका आफन्तले पोखरामा दिनहुँजसो विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरुले गण्डकी शिक्षण अस्पताल मेडिकल माफियाबाट सञ्चालन भएको भन्दै यस्ता लापरवाही पटकपटक भइरहेको आरोप पनि लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.