पुुरनको ‘फेरिफेरि’ मा अर्पण र ऋचा
काठमाडौं : विभिन्न टेलिशृृंखलामा ‘दोहोर्याई दोहोर्याइकन’ थोगोका कारण चर्चित हास्य अभिनेता पुुरन थापाले ‘फेरिफेरि’ नामक फिल्म निर्माण गर्ने भएका छन् । यसअघि ‘पिरिम पर्या छन्’ र ‘कान्छी मट्याङ ट्याङ’ जस्ता कमेडी फिल्म निर्माण गर्न लागेको पुुरनको ‘फेरिफेरि’ पनि हास्यरस युुक्त हुुनेछ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुुरुङ, धर्मेन्द्र आचार्यलगायत निर्देशक पुुरन आफंै प्रमुुख भूमिकामा छन् ।
माता वसुुन्धरा मुुभिजको प्रस्तुुतिमा बन्ने फिल्म कमेडी जनराको भएको निर्देशक पुुरनले जनाएका छन् । निर्देशक पुुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लु हेलियम एट के क्यामेरा भिœयाएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिएका छन् । उच्च प्रविधियुुक्त फिल्म निर्माणका लागि यो क्यामेरा ल्याएको उनले बताए । रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ ।