पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक'बाट विभूषित

पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक'बाट विभूषित

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४' बाट विभूषित गरेकी छिन्। सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको समारोहमा उनलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो।

शान्ति प्रक्रियाका विभिन्न चरणमा पुर्‍याएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लाागि डा यादवलाई अभिनन्दन गरिएको हो।

समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गरे।

उनले संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै स्वस्थ प्रतिस्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुशी व्यक्त गरे। राष्ट्रपति भण्डारीले सबै निर्वाचनले राजनीतिक स्थायित्व र परिपक्वता कायम गरी हालसम्म प्राप्त उपलब्धिलाई सुदृढ गर्ने र मुलुकलाई सामाजिक र आर्थिक रूपान्तरणको दिशामा अघि बढ्न मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गरे।

‘युवा अवस्थादेखि नै एक निर्भिक र निडर व्यक्तित्वको पहिचान बनाएका स्व गणेशमान सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुष एवं त्यागका प्रतिमूर्तिका रूपमा परिचित हुनुहुन्छ' - उनले भने।

नेपालमा राजनीतिक परिवर्तनका निमित्त लोकतन्त्रवादीहरूबीच सहकार्य गर्न नेता गणेशमानले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे।उनभने भने, ‘गणेशमानको जन्मजयन्ती मनाइरहेको यस अवसरमा संविधानले निर्देश गरे बमोजिमका सबै तहका निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न गर्न लाग्नु उहाँप्रति वास्तविक सम्मान गर्नु हो भन्ने मैले सहसुस गरेको छु ।'

पूर्व राष्ट्रपति डा यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

रक्षा मन्त्री तथा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष भीमसेनदान प्रधानले लोकतन्त्रलाई संस्थागत गर्नु नै शहीदको सच्चा सम्मान भएको बताए। राष्ट्रपति भण्डारीले रत्नपार्कस्थित शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण पनि गरेकी थिइन्। रासस 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.