एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग भिड्दै

एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग भिड्दै

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा हाल नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ । बायुमास रंगशालामा जारी खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको थियो ।

अपडेट : नेपालले भारतलाई १८६ रनको लक्ष दिएको छ । ५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको छ । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन बनाए । १०१ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाए ।

नेपालको ८ औ विकेटको रुपमा कप्तान दिपेन्द्रसिंह ऐरी आउट भएका छन् । १०१ बल खेलेका उनले ६ चौका र २ छक्कासहित ८८ रन बनाए ।

 ४६ औं ओभरमा सातौं विकेट झरेको छ । कमल ऐरी ५ रनमा आउट भएका छन् । किशोर महतो व्याटिङमा आएका छन् ४७ ओभरमा स्कोर १६२ रन पुगेको छ । 

ऐरीको छक्का सँगै नेपालको १५० रन पूरा भएको छ । ४६ औं ओभरको पहिलो बलमा कप्तान दिपेन्द्र सिंह ऐरीले छक्का प्रहार गरेका हुन् ।

नेपालको ६ विकेट गुमेको छ । ४१ औ ओभरमा १ रनमा पवन सराफ आउट भएका छन् । 

३९औ ओभरमा भीम सार्की आउट भएका छन् । २ चौका र १ छक्कासहित उनले २२ बलमा १५ रन बनाए । व्याटिङमा पवन सराफ आएका छन् । 

३४ औं ओभरमा नेपालको चौथो विकेट गुमेको छ । रोहित कुमार पौडेल ६ रनमा आउट भएका छन् । उनले १४ बलको सामना गरेका थिए ।भीम सार्की व्याटिङमा आएका छन् । कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन । ७१ बलमा २ चौका र १ छक्काको मद्दतमा उनले अर्धशतक बनाएका हुन्।

नेपालको तेस्रो विकेट गुमेको छ । २८ औ ओभरमा ३६ रन बनाएर खेलिरहेका जितेन्द्रसिंह ठकुरी आउट भएका छन् । दिपेन्द्र र जितेन्द्रको जोडीले १०२ बलमा ४९ रनको साझेदारी गरे । नयाँ व्यट्म्यानको रुपमा  रोहितकुमार पौडेल मैदानमा  आएका छन् । नेपालको १०० रन पूरा भएको छ ३२ ओभरमा ३ विकेट को क्षतिमा नेपालको १०० रन पूरा भएको हो ।  

एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.