एसीसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य
काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई १८६ रनको लक्ष्य दिएको छ । बायुमास रंगशालामा जारी खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको थियो ।
५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको छ नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन बनाए । १०१ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाए । शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न आजको प्रतियोगिता जित्नुपर्ने दवाव छ । भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट दिए।
शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न आजको प्रतियोगिता जित्नुपर्ने दवाब छ ।
एसीसी–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् ।