एसीसी यू–१९ एसिया कप : जवाफी व्याटिङ गर्दै भारत
काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा हाल नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ । बायुमास ओभलमा जारी खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको थियो ।
नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउँने क्रममा भारतले जवाफी व्याटिङ गरिरहेको छ। तीन ओभरमा बिना विकेटको क्षति भारतले १७ रन बनाएको छ
५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको छ । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन बनाए । १०१ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाए ।