तेक्वान्दो संघका महासचिव गुरुङसहित ३ सय बढी खेलाडी कांग्रेसमा प्रवेश
काठमाडौं: नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङसहित ३ सय तेक्वान्दो खेलाडीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। वालुवाटारमा आयोजिक कार्यक्रममा उनीहरुलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गुरुङसहितका नवप्रवेशीहरुलाई पार्टीमा प्रवेश गराएका थिए।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा र वरिष्ठ नेता पौडेलले संघका संस्थापक तथा महासचिव गुरुङसहितका खेलाडीहरुलाई खादा तथा माला लगाएर स्वागत गरेका थिए।
सोलुखुम्बुको पार्टी कार्यक्रम सकाएर प्रधानमन्त्री तथा सभापति देउवा सोझै पार्टी प्रवेश कार्यक्रममा आएका थिए। तनहुँमा रहेका पौडेल पनि यहि कार्यक्रमका लागि काठमाडौं आएका थिए।
खेलकुद मन्त्री तथा कांग्रेस नेता राजन केसीको पहलमा खेलाडीहरु कांग्रेस प्रवेश गरेका हुन्। मन्त्री केसीले नेपाली कांग्रेसले अब खेल क्षेत्रलाई प्राथिमकतामा राखेर काम गर्नुपर्ने बताए।