एसीसी यू–१९ एसिया कप : नेपाल-मलेसियाको खेल वर्षाले रोकियो
काठमाडौं : एसीसी यू -१९ एसिया कप अन्तर्गत नोपल र मलेसियाको खेल वर्षाले रोकिएको छ । स्थानीय समय अनुसार ९ः३०(नेपाली ७ बजे) बजे खेल सुरु हुने भनिए पनि वर्षाका कारण टस हुन सकेको छैन् ।
बायुमास ओभलमा हुन गइरहेको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । सेमिफाइनल यात्राका लागि नेपालाई जितको आवश्यकता छ ।
वर्षाका कारण एसीसी यू-१९ का अन्य खेल पनि प्रभावित भएका छन् । यूएइ र अफगानिस्तानबीचको खेल पनि सुरु हुन सकेको छैन । भारत र बंगलादेशबीचको खेल पनि छैटौं ओभरको खेल चलिरहँदा वर्षाका कारण अवरुद्ध बनेको छ ।