एसीसी यू -१९ एसिया कप : नेपाल-मलेसिया भिड्दै
काठमाडौं : मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा हाल नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । वर्षाका कारण खेल अवरुद्ध भएपछि २४ ओभरमा झारिएको छ ।
अपडेटः ११ औ ओभरमा अठौं विकेट र १२ औ ओभरमा ९ औ विकेट गुमेको छ । नेपालले १० औं ओभरमा पाचौंं विकेट र ११ औ ओभरमा छैटौं र सातौं विकेट लिएको छ । ११ ओभर सकिँदा मलेसियाको स्कोर ४० रन रन छ ७ विकेटको क्षतिमा
आठौं ओभरमा नेपालले चौथो विकेट लिन सफल भएको छ । मलेसियालेले ३ रन बनाउँदा ४ विकेट गुमाएको छ ।
शनिबार बंगलादेशसँगको पहिलो खेलमा २ विकेटको हार व्यहोरेको नेपाली युवा टोलीले आइतबार बलियो प्रतिद्वन्द्वी भारतलाई १९ रनले पराजित गरी इतिहास रच्न सफल भएको थियो । नेपाललाई समूह चरण पार गर्न आजको खेल जित्नै पर्ने अवस्था छ ।
एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।
अहिले समूह 'ए' कै बंगलादेश र भारत पनि भिडिरहेका छन् । बंगलादेशले टस जिती फिल्डिङ रोजेपछि भारत व्याटिङ गरिरहेको छ ।