नेपालले मलेसियालाई ८ विकेटले हरायो

नेपालले मलेसियालाई ८ विकेटले हरायो

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य भेट्टाउन नेपालले ५.३ ओभरमा ५१ रन बनाएको थियो । मलेसियाको घरेलु मैदान बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाइ ४५ रन बनाएको थियो । सुरुमा निकै आक्रमक व्याटिङ गरेको मलेसियाले ५.४ ओभरमा ३३ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ११।६ ओभरमा ४१ रन बनाउँदा ९ विकेट गुमाएको थियो भने ४५ रन बनाउँदा सबै विकेट गुमायो

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिकुमार शाहले १ विकेट लिएका थिए । नेपालका लागि अनलिकुमार शाहले १५ बलमा २६, दीपेन्द्र ऐरीले ३ बलमा १२, आसिफ शेखले १४ बलमा ४, भीम सार्की १ बलमा तीन रन बनाएर लक्ष्य सहजै भेट्टाए ।

वर्षाका कारण खेल अवरुद्ध भएपछि २४ ओभरमा झारिएको थियो । शनिबार बंगलादेशसँगको पहिलो खेलमा २ विकेटको हार व्यहोरेको नेपाली युवा टोलीले आइतबार बलियो प्रतिद्वन्द्वी भारतलाई १९ रनले पराजित गरी इतिहास रच्न सफल भएको थियो ।

एसीसी यू–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह एमा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.