एसिया कप छनोट : नेपाल र फिलिपिन्सबीच फुटबल, दोस्रो हाफ सुरु (लाइभ)

एसिया कप छनोट : नेपाल र फिलिपिन्सबीच फुटबल, दोस्रो हाफ सुरु (लाइभ)

काठमाडौं : एएफसी एसिया कप छनोट फुटबलबाट बाहिरिइसकेको नेपालले मंगलबार घरेलु मैदानमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफ सुरु भएको छ।

यसअघि फिलिपिन्ससँगको अवे खेलमा ४-१ गोलको हार खेपेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ बनेको छ । नेपालले यसअघि गत चैतमा फिलिपिन्ससँग खेलेको थियो। सातदोबाटोस्थित एन्फा मैदानमा जारी खेलमा नेपालले रक्षात्मक प्रदर्शन गरिराखेको छ।

नेपाली टोलीका कप्तान अनिल गुरुङ ले यही खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने तयारी गरेका छन् । यो राष्ट्रिय टोलीमा उनको ५०औं क्याप हुनेछ । पछिल्लो १० वर्ष राष्ट्रिय टोलीमा रोजाइका स्ट्राइकर अनिलले नेपालका लागि नौ गोल गरेका छन् । यसपटक अनिलसँगै मिडफिल्डमा जगजित श्रेष्ठले पनि पुनरागमन गरेका छन् । केही समय टोलीमा नदेखिएका जगजित अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्दै आएका थिए ।


नेपाली टोली एक महिनाअघि खेलिएको महत्वपूर्ण खेलमा ताजकिस्तानसँग ३–० गोलले पराजित हुँदै छनोट चरणबाटै बाहिरिएको थियो । ताजकिस्तानविरुद्ध उसैको मैदानमा खेलेको नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई पेनाल्टी गोल खाएको थियो ।त्यसअघि नेपाली टोली ताजकिस्तानसँग घरेलु मैदानमा २–१ गोलले पराजित भएको थियो । नेपाल सम्मिलित समूह ‘एफ’ मा फिलिपिन्स, यमन र ताजकिस्तान छन् । समूहमा नेपालले चारवटा खेल खेलिसकेको छ । नेपालले यसअघिका खेलमा एउटा पनि जित हात पार्न सकेको छैन । गत जेठमा घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

समूह ‘एफ’ मा रहेको नेपाल एक अंकका साथ अन्तिम स्थानमा छ । तालिकाको शीर्ष स्थानमा आसीन फिलिपिन्सको आठ अंक छ । यमन र ताजकिस्तानले ६÷६ अंक बटुलेका छन् । नेपालले समूहगत चरणको अन्तिम खेल यमनसँग आगामी वर्ष मार्च १८ तारिखमा उसैको मैदानमा खेल्नेछ । समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सन् २०१९ मा यूएईमा आयोजना हुने एसिया कपका लागि सीधै छनोट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.