एसिया कप क्रिकेट : नेपाल सेमिफाइनलमा, भारत बाहिरियो

एसिया कप क्रिकेट : नेपाल सेमिफाइनलमा, भारत बाहिरियो

काठमाडौं : एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुगेको पहिलो पटक हो। समूह 'ए' मा बंगलादेश तीन खेलबाट ६ अंक जोडेर समूह बिजेता बनेको छ। तीन खेलबाट चार अंक जोडेको नेपाल समूह उपविजेता बनेको छ।

मंगलबार भएको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा सहज बनेको हो। भारत यसअघिका तीन वटै संस्करणको विजेता हो। पहिलो संस्करणमा पाकिस्तानसँग संयुक्त विजेता बनेको भारतले अघिल्ला दुई संस्करणमा विजयी हात पारेको थियो।

आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा अर्को टेस्ट मान्यता प्राप्त भारतलाई १९ रनले हराएको थियो। मंगलबारको खेलमा १३ रनको अन्तरमा १० विकेट लिएपछि नेपालले पहिला ब्याटिङ गरेको मलेसियालाई ४५ रनमा समेटेको थियो। नेपालका स्पिनर सन्दीप लामिछानेले ४.३ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिए। यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २ ओभरमा एक मेडन राखेर १ रन खर्चिदै २ विकेट लिए।

यता वर्षाकै कारण नेपाल र मलेसियाबीचको खेल छोट्याएर २४ ओभरमा झारिएको थियो ।

नेपालले ४६ रनको झिनो लक्ष्य ५.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। प्रारम्भिक ब्याट्सम्यान अनिलकुमार शाह २६ रनमा अविजित रहे। कप्तान ऐरीले ३ बलमा २ छक्काको सहयोगमा १२ रन बनाएर पेबिलियन फर्किए।

मंगलबारको खेलमा बंगलादेशले भारतले दिएको १८८ रनको लक्ष्य २८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान पिनाक घोस ८१ रनमा अविजित रहे । मध्यक्रमका मोहमद ताबहिद रिद्धी ४८ रनमा अविजित रहे । मोहमद नाइम शेख ३८ र कप्तान मोहम्मद शेफ हसन १६ रनमा आउट भए । पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै बंगलादेशले जितको आधार बलियो बनाएको थियो । बर्षाका कारण ५० ओभरको खेललाई ३२ ओभरमा छोट्याइएको थियो ।

एसिया कप क्रिकेट : नेपालले सेमिफाइनलमा अफगानिस्थानसँग खेल्ने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.