एसिया कप क्रिकेट : नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्ने
काठमाडौं : मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनल नेपालले अफगानिस्तानसँग खेल्ने भएको छ। अफगानिस्तान समूह ‘बी’ को विजेता भएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो। नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। सेमिफाइनल शुक्रबार हुने छ।
अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भिड्ने छन्।