एसिया कप छानोट फुटबल : फिलिपिन्ससँग नेपालको बराबरी

एसिया कप छानोट फुटबल : फिलिपिन्ससँग नेपालको बराबरी

काठमाडौं : एएफसी एसिया कप छनोट फुटबलबाट बाहिरिइसकेको नेपालले फिलिपिन्ससँगको दोस्रो खेलमा गतिलो प्रदर्शन गरेको छ। समूहमा बलियो फिलिपिन्सलाई नेपालले मंगलबार घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्यो। यसअघि फिलिपिन्समा खेलिएको अवे खेलमा नेपाल ४-१ गोलले पराजित भएको थियो। एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा नेपालले फिलिपिन्सलाई कडा टक्कर दियो।

फिलिपिन्सले पहिलो हाफमा चारवटा पोस्ट प्रहार गरेको थियो। फिलिपिन्सको प्रहारमा नेपालका गोलरक्षक किरन चेम्जोङ बाधक बनेका थिए। ३३औं मिनेटमा फिलिपिन्सको सशक्त प्रहारलाई नेपालका रक्षक रोहित चन्दले उत्कृष्ट बचाउ गरे। दोस्रो हाफमा नेपालले पाँचवटा पोस्ट प्रहार गरेको थियो। ५५औं मिनेटमा अञ्जन विष्ट खाली पोस्टमा गोल गर्नबाट चुकेका थिए। फिलिपिन्सका गोलरक्षक अगाडि बढेको अवस्थामा अञ्जनले खाली पोस्टमा गरेको ब्याक हिल प्रहार पोस्टबाहिर परेको थियो।

भरत खवासले पनि दुईवटा आर्कषक मौका गुमाए। ६४औं मिनेटमा भरतलाई नवयुग श्रेष्ठले स्थानान्तरण गरेका थिए। ७८औं मिनेटमा विमल घर्ती पनि पोस्ट नजिक चुकेका थिए। फिलिपिन्सले खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास गर्‍यो तर सफल भएन। ७५औं मिनेटमा किरनको स्थानमा मैदान छिरेका नेपालका अर्का गोलरक्षक विकेश कुथुले पनि उत्कृष्ट खेल खेले। ८३औं मिनेटमा फिलिपिन्सका इएइन राम्सेको प्रहारलाई विशाल राईले गोल लाइनबाट बचाएका थिए।

अतिरिक्त समयमा फिलिपन्सिको अर्को प्रहारलाई नेपालका विशाल राईले गोल लाइनबाट फर्काएपछि दुवै टोलीले अंक बाँडेका थिए। आफ्नो समूहको खेलमा नेपाल यसअघि यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो। यसैगरी नेपाली टोली ताजकिस्तानसँग २-१ र ३-० गोलले पराजित भएको थियो। खेलपछि नेपालका प्रशिक्षक ग्योतुकी कोजीले फिलिपिन्ससँग आफ्ना खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए। उनले जगजितलाई टोलीमा राखिए पनि आफूले यसअघि उनको खेल नदेखेको हुँदा उनलाई नखेलाएको बताए।

फिलिपिन्सका प्रशिक्षक थोमस डोलेले नेपालले सोचेभन्दा धेरै राम्रो खेलेको बताए। ‘आज जितेको भए हाम्रो छनोट यात्रा पक्का हुन्थ्यो। बराबरी नतिजाका कारण छनोटका लागि अझ पर्खनुपर्ने भयो’, थोमसले भने। समूहमा ‘एफ’मा नेपालसहित फिलिपिन्स, यमन र ताजकिस्तान रहेका छन्। नेपाल पाँच खेल सक्दा दुई अंकका साथ तालिकाको अन्तिम स्थानमा छ। नेपालले समूहगत चरणको अन्तिम खेल अब यमनसँग आगामी वर्षको मार्च १८ मा उसैको मैदानमा खेल्नेछ।

फिलिपिन्स नौ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सन् २०१९ मा यूएईमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन्।

एसिया कप छनोट : नेपाल र फिलिपिन्सबीच फुटबल (लाइभ)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.