अनिल गुरुङको सुखद बिदाइ

अनिल गुरुङको सुखद बिदाइ

काठमाडौं :फुटबल मैदानमा भद्र र शालिनता भन्दा अभद्रको चर्चा बढी हुन्छ। अनिल गुरङ नेपाली फुटबलका यस्ता भद्र र शालिन पात्र हुन्। जसले मैदानमा सधैँ आफुलाई मिहिनेती र अनुशासित खेलाडीमा उभ्याए।

नेपाली सिनियर राष्ट्रिय टोलीमा एक दशक एउटै लयमा देखिएका अनिलले फुटबललाई धेरै दिए। फुटबलले उनलाई सर्वस्व दियो र उत्तिकै चर्चित पनि बनायो। नेपाली फुटबलको चर्चाकै शिखरमा रहेका ३० बर्षीय स्ट्राइकर अनिलले राष्ट्रिय टोलीबाट मंगलबार सन्यास लिएका छन्। राष्ट्रिय टोलीबाट ५० खेल खेलेका अनिलले फिलिपिन्ससँगको खेलसँगै सन्यास लिएका हुन्।

नेपाली फुटबलको हेटक्वार्टर एन्फा मैदानमा मंगलबार फिलिपिन्स र नेपाली टोली भिड्दा खेल ८१ औं मिनेटमा चल्दै थियो। अनिल मैदानबाहिर वार्मअफ गर्दै थिए। अनिलका हजारौं सर्मथक प्यारापिटमा अनिल अनिल भनेर कराउँदै थिए। अनिलले सन्यास लिने विषय यसअघि नै सबैलाई थाहा थियो।

अनिल राष्ट्रिय टोलीमा ५० औं क्याप पुर्‍याएर सन्यासको घोषणा गर्न यस अघिनै आतुर थिए। उनी पछिल्लो समय यसैको पर्खाइमा थिए। ८१ औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका अनिलले १० मिनेट खेल्दै राष्ट्रिय टोलीलाई विट मारेका छन्।

खेल सकिने वित्तिकै अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिलको विदाईमा कार्यक्रम गर्‍यो। अनिललाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले कोट लगाई दिए र प्रशंसा पत्र प्रदान गरे। त्यसपछि अनिललाई एन्फा पदाधिकारी र उनका खेलाडी साथीले विदाई गरे। आफ्नो विदाईलाई भब्य र सुखद मानेका अनिलले जाँदाजाँदै खेलाडीलाई सुझाव दिदै भने-‘मिहिनेत गर्दै गयो भने मेरो स्थानमा तिमिहरु हुनेछौं। हामीले नेपाली फुटबललाई माथि लैजान धेरै मिहिनेत गर्नुपर्छ।’

एन्फाको विदाई पछि मैदानलाई ढोगेर भावुक बनेका अनिलले यही मैदानमा आफुले धेरै पसिना बगाएको र यसैले आफुलाई चिनाएको बताए। ‘पोखरामा हुर्कदै गर्दा मैले यो स्थानमा आउँला भन्ने सोचेको थिइन। मेरा बाबा र आम म लाई लाहुले बनेको देख्न चाहन्थे। तर, म लाहुरे बनिन। फुटबलमा लाख्दा दुःख र सुख बराबर नै भयो। मैले नेपाली फुटबललाई जति दिएँ धेरै दिन सकें जस्तो लाग्छ। फुटबलले पनि मलाई मान, सम्मान र सत्तुष्टि दियो। मेरी आमा पनि म बाट खुशी हुनुहुन्छ। मलाई विश्वास छ, मेरा बाबा बिलबहादुर गुरुङ (स्वर्गीय) ले पनि माथिबाट मलाई राम्रो गर्‍यो भन्दै हुनुहुन्छ,’ अनिलले भने। उनले आफुलाई यस स्थानसम्म पु¥याउन पोखराको सहारा एकेडेमी, सहारा युके, एन्फा, समर्थक र मिडियाले ठूलो सहयोग गरेको बनाए।

नेपाली टोलीको कप्तानको ब्यान्डसँगै सन्यास लिएका अनिलले घरेलु फुटबल भने खेल्ने बताएका छन्। ‘फुटबलमै अझ धेरै गर्न बाँकी छ। लिग फुटबलमा अझै राम्रो खेल्न सक्छु। त्यो सँगै सानो ब्यवसायक पनि गरिरहेको छु। तर लिग नहुँदा खेलाडीलाई गाह्रो भएको छ,’ अनिलले भने। संयोग बस जर्सी नम्बर १० लगाएर मैदानमा भिड्दै आएका अनिलका लागि १० नम्बर पनि निकै फाप्यो। उनले राष्ट्रिय टोलीबाट १० बर्ष खेले।

सन् २०१० को विश्वकप अन्तर्गत सन् २००७ मा ओमनसँग खेलिएको विश्वकप छनोट खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले सन् २०१७ सम्म आइपुग्दा १० बर्ष खेल्दै नौ गोल गरे। यदि उनले अन्तिम खेलमा गोल गरेको भए राष्ट्रिय टोलीका लागि उनको गोल संख्या पनि १० नै हुने थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.