अविवाहित रोनाल्डोको चौथो सन्तान

अविवाहित रोनाल्डोको चौथो सन्तान

म्याड्रिड : अविवाहित पोर्चुगिज फुटबल स्टार रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । रोनाल्डोकी प्रेमिका जियोर्जिना रोड्रिगेजले आइतबार राति छोरी अलना मार्टिनालाई जन्म दिएकी हुन् । रोनाल्डोको यसअघि नै तीन सन्तान छन् । यद्यपि रोनाल्डोकी प्रेमिकाबाट जन्मिएको भने अलना पहिलो सन्तान हुन् । यसअघिका तीनजना सन्तान सेरोगेसी मदरबाट जन्मिएका हुन् ।

आफ्नो चौथो सन्तान जन्मिएको समाचार रोनाल्डो आफैंले सार्वजनिक गरेका हुन् । रोनाल्डोले जेठो छोरो रोनाल्डो जुनियरसहित प्रेमिका रोड्रिगेजसँग अस्पतालको शय्यामा खिचाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै आफ्नो चौथो सन्तानको रूपमा छोरी अलना जन्मिएको समाचार सार्वजनिक गरेका हुन् । रोड्रिगेजले म्याड्रिडकै एक अस्पतालमा छोरी अलनालाई जन्म दिएकी हुन् ।

रोड्रिगेज आइतबार बिहान अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ । स्पेनिस सञ्चारमाध्यमले जनाएअनुसार अस्पतालले दिएको भन्दा नौ दिनअघि नै रोड्रिगेजले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा रोनाल्डो निकै हर्षित मुद्रामा देखिएका छन् । हालै भएको एक सार्वजनिक कार्यक्रममा रोनाल्डोले पिता बन्नु एकदमै फरक अनुभव भएको बताएका थिए ।

‘पिता बन्नु फरक यात्रा र अनौठो अनुभव हो’, आफ्नो ब्रान्डको कपडा सार्वजनिक गर्ने कार्यक्रममा रोनाल्डोले भनेका थिए, ‘जुन यात्राले मलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । यसले अहिलेसम्म अस्तित्वमा नरहेको मायाको अनुभव पनि गराएको छ ।’ उनले पिता बनेपछि आफूले जीवनका महत्वपूर्ण पक्षहरूको बारेमा पनि फरक अनुभव गरेको बताएका छन् । यसअघि सेरोगेसी मदरबाट रोनाल्डोको जुम्ल्याहा छोराछोरी इभा मारिया र माटिया जन्मिएका थिए । त्यसअघि रोनाल्डोको जेठा छोरा पनि सेरोगेसी मदरबाटै जन्मिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.