उमेदवार लक्षित आक्रमण रोक्न प्रधानमन्त्री देउवाको निर्देशन

उमेदवार लक्षित आक्रमण रोक्न प्रधानमन्त्री  देउवाको निर्देशन

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न तीन सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालय र प्रशासनलाई निर्देशन दिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बुधबार धनगढीमा आयोजना गरिएको प्रदेश नम्बर ७ स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिएका हुन् ।

देउवाले सरकार भयरहीत वातावरणमा दुवै चरणको निर्वाचन सम्पन्न गराउन कटिबद्ध भएर लागि रहेको बताए । मंगलबार मध्यपश्चिमको नेपालगञ्जमा सुरक्षा अधिकारीहरुको बैठकमा सम्बोधन गरेका प्रधानमन्त्री देउवा बुधबार धनगढी आएका हुन् ।

उनले केही जिल्लामा उमेदवार लक्षित गर्दै बम पड्काउने, आक्रमण गर्ने र तर्साउने गतिविधिप्रति सरकारको गम्भीर रुपमा ध्यानाकर्षण भएकाले उमेदवारको सुरक्षा बढाउन र जनतालाई पनि भयरहीत वातारवणमा मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

निर्वाचन भयरहीत, स्वच्छ, निस्पक्ष र धाँदलीरहित बनाउन सबैको जिम्मेवारी भएकाले आ-आफ्नो क्षेत्रबाट ऐतिहासिक रुपमा भइरहेको निर्वाचनलाई सहयोग गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

अहिले चुनाव प्रचार प्रसारका क्रममा आचारसंहिता उलङ्घनका घटनाहरु बाहिर आइरहेको बताउँदै प्रधानमन्त्री देउवाले सम्बन्धीत निकायलाई कर्मचारीको व्यवस्थापन चुस्त पार्न निर्देशन दिए । उनले बजारमा व्यापारीहरुबाट भइरहेको चन्दा असुली, धम्कीजस्ता आपराधिक क्रियाकलाप पनि नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाको आज धनगढीमै बसेर कार्यकर्तासँग भेटने र भोली आफ्नो गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ । देउवाले प्रदेश नम्बर ७ का अन्य जिल्लाहरुमा पनि चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । पहिला आफ्नो गृह जिल्ला र त्यसपछि श्रीमती आरजुको क्षेत्रमा पनि चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.