मतदाता नेताको बोली नै पत्याउँदैनन्

मतदाता नेताको बोली नै पत्याउँदैनन्

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका-७ जोगीधापकी शारदा ओलीलाई चुनावका बेला उमेद्वारले दिने आश्वासन पत्यार नै लग्दैन। चुनाव जित्ने, जाने र फर्केर नआउने आम समस्या भएका नेता गाउँमा आउँदा के के कहिलेसम्ममा गर्ने भनेर ठाडठाडै प्रश्न गर्छिन्। ओली भन्छिन्,‘चुनावका बेला चिल्लाचाप्ला कुरा घसेर मत माग्छन् जितेपछि फर्केर आउँदैनन्।’ उनले काम गरेर देखाउने उमेद्वारको मात्र विश्वास गर्न सकिने बताइन।

सुनवर्षी चाप्रमारीका विष्णुदेव यादवको वस्तीमा हरेक वर्ष बाढीले कटान गर्छ। अघिल्लो वर्ष बक्राहा खोलामा आएको बाढीले वस्ती नै डुबानमा पर्‍यो। त्यसबेला पनि नेता आए, आश्वासन दिए कटानको समस्या स्थायी रुपमै समाधान गरिन्छ। तर, यो आश्वासन पूरा भएन। यादव भन्छन्, ‘गाउँमा भोट माग्न आउने उमेद्वारले आफ्नो पहिलो चुनावी भाषण नै कटान नियन्त्रण भन्ने गरेका छन् तर हामीलाई विश्वासन नै लागेको छैन।’ उनले चुनावमा भाषण गर्दा सबै विकासका मुद्दालाई सम्बोधन गर्ने भन्ने गरेपनि व्यवहारमा भने काम नहुने गरेको बताए।

मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुने तय भएको मोरङका गाउँगाउँमा प्रमुख दलका उमेद्वार आफ्ना चुनवाी एजेन्डा लिएर मत माग्न व्यस्त छन्। गाउँका टोलटोलमा चुनावी कोणसभा, समूह बैठक र घरदैलो चलिरहेका छन्। तर, कार्यक्रममा उमेद्वारले भाषणका क्रममा विकासका विषयलाई अमूर्त रुपमा प्रस्तुत गरिदिँदा मतदाताले पत्याउन छाडेका छन्।
मोरङको बेलबारीमा भएको एक कार्यक्रममा वाम गठबन्धनबाट मोरङ २ को प्रदेश सभा १ बाट उमेद्वार बनेकी माओवादीकी गीता तिम्सिना आफ्नो भाषणमा ‘गरिब जनतालाई भोको नराख्ने’ आश्वासन दिइन् तर, के कस्ता कार्यक्रम ? कसरी भोक मेटाउने भन्ने प्रस्ट नपार्दा उपस्थितहरु नै अलमलमा परे। तिम्सिना मात्र होइन अक्सर अधिकांश उमेद्वारले अमूर्त र अस्पष्ट रुपमा विकासका कुरा गरिदिँदा मतदाताले पत्याउन छाडेका हुन्।

बुढीगंगा गाउँपालिका–७ की बालोदेवी खवासले नमस्कार चिन्हका उमेद्वारलाई मत खसालेकी थिइन्। उमेदवार आएर उनको खोलाटोलीको सामुदायिक क्लबलाई भाँडावर्तन खरिद गरिदिने आश्वासन दिएका थिए। खोलाटोलीमा विवाह, व्रतबन्ध, पासनी र किरिया कर्म गर्दा भोजका लागि भाँडावर्तन थिएनन् तर उमेद्वारले मत पाएर गएपछि फर्किएर नहेरेको बताउँदै खवासले भनिन्,‘यो पटक फेरि उमेद्वार गाउँ आउन थालेका छन्। सहयोग गर्ने गाउँमा विकास ल्याइदिने भन्दैछन् तर खै कसरी पत्याउने होला।’ खवासले जनताले पत्याउने र विश्वास गर्नसक्ने कुरामात्र गर्न आग्रह गरिन।

कन्तलाल चौधरी पनि उमेद्वारले चुनावमा बेला ‘यो गरिदिन्छु त्यो गरिदिन्छु’ भनेर भाषण गरेको सुन्दा विश्वास नै लाग्दैन। चौधरी भन्छन्, ‘हामी गाउँमा बस्नेलाई के के न गरिदिन्छु भन्दै आश्वासन दिन्छन् तर जितेर गएपछि आफूले भनेका सबै कुरा बिर्सन्छन्।’

मत माग्न खटिएका नेता-उमेद्वारले विराटनगरलाई प्रदेशको राजधानी बनाउने, तमोर खोलाको पानी सुरुङ बनाएर मोरङको चिसाङ खोलामा मिसाई विद्युत निकाल्ने र सिंचाई सुविधा दिने, बक्राहा, चिसाङ, मावा, डाँसमा तटबन्धन गर्ने, विराटनगरको केसलिया र सिगियामा बाँध बाँधेर ग्रीनबेल्ट विकास गर्ने, भित्री सडक पिच गर्ने, रिङरोड बनाउने, चुरेको फेदीबाट सडक बनाई दिने आदि आश्वासन दिदैं भाषण गर्ने गरेका छन्।

मोरङको सुनवर्षी नपा ७ जोगीधापमा दलको चुनावी सभामा नेताको भाषण सुन्न बसेका स्थानीय मतदाता। तस्बिर : बासु पौडेल

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.