३५ हजार अमेरिकी डलरसहित भारतीय पक्राउ

३५ हजार अमेरिकी डलरसहित  भारतीय पक्राउ

हेटौंडा:३५ हजार अमेरिकी डलरसहित मकवानपुर प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।बिहीबार बिहान करिब पौने ६ बजे हेटौंडा–१५ रातोमाटेस्थित चेकपोष्टमा चेकजाँचको क्रममा उक्त रकमसहित भारतको ग्राम भेडीहारी पोष्ट सिरिसिया भेडीहारी पूर्वी चम्पारण विहार बस्ने वर्ष २५ का शेषनाथ प्रसादलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडाैबाट हेटौडा हुँदै बिरगंजतर्फ जाँदै गरेको ना ६ ख ६२९१ नम्बरको यात्रुबाहक बस रोकी जाँच गर्ने क्रममा उक्त बसमा प्रसादलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए।जाँचका क्रममा प्रसादले लगाएको जुत्ताभित्र लुकाईछिपाई विभिन्न नम्बरको अमेरीकी डलर राखेको फेला परेको झाले जानकारी दिए।

प्रसादलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।उक्त डलरको नेपाली मुल्य ३७ लाख ८० हजार रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.