माओवादी नेतालार्इ लक्षित गर्दै विष्फोट

माओवादी नेतालार्इ लक्षित गर्दै विष्फोट

रोल्पा: निवर्तमान सभामुख ओनसरी घर्ती, बिना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा, पुर्व अर्थमन्त्री बर्षमान पुन "अनन्त" लाई लक्षित गरी बम प्रहार गरिएको छ।

जिल्ला सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा माओवादी नेताहरुलाई शुक्रबार पौने बाह्र बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा बम विष्फोट गराईएको हो। "हामीलाई लक्षित गरेर बम हानियो। गाडीमा लिबाङ आउदै थियौं। हाम्रो गाडी नजिकै ठूलो आवाजमा बम विष्फोट भयो", निवर्तमान सभामुख घर्तिले भनिन्,"संयोगले केही भएन। हामी सुरक्षित छौं।"

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र प्रसाद फुँयालले रोल्पा नगरपालिका -३ भदौरे जंगलमा बम विष्फोट गराईएको जानकारी दिए। जंगलबाट फालिएको बम सडकबाट केही माथि जंगलमा पड्केकाले क्षति हुन नपाएको प्रहरीले जनाएको छ। विष्फोट भएको स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। जंगलमा विष्फोट नभएको अवस्थामा अर्को बम पनि फेला परेको छ। सदरमुकाम लिबाङदेखि करिव पाँच किलोमिटरको दूरीमा बम विष्फोट भएको हो।

सातदोबाटोमा प्रहरीको चेक प्वाईन्टबाट तीन किलोमिटर नजिक पर्दछ। पछिल्लो समय जिल्लामा श्रंखलावद्ध आक्रमणका घटना भइरहेका छन्।

वामगठबन्धनका उम्मेदवार बर्षमान पुन र सिँचाइ राज्यमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन माथि आक्रमण भएका थिए। बिहीबार मात्र घोडागाउँमा सुतली बम हानिएको थियो। विष्फोटको जिम्मा कसैले लिएको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.