लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री

लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री

दार्चुलाः प्रधानमन्त्री शेरबहादुर देउबाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन्।

दार्चुला सदरमुकाम तथा मार्मा गाउँपालिकाको चुचुरोमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले बामगठबन्धनका कारण लोकतन्त्र धरापमा परेकाले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई मतदामन गर्न आह्वान गरेका हुन्।

उनले भने, ‘बाम गठबन्धनको नाममा प्रजातन्त्र कमजोर पार्ने षड्यन्त्र हुदैछ, यसप्रति सम्पुर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ।' गठबन्धनका कारण लामो समयपछि देशमा प्राप्त भएको लोकतन्त्र गुम्ने खतरा बढेको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले जिते मात्र लोकतन्त्र बलियो हुने र नागरिकका अधिकार पनि सुरक्षित हुने दावी गरे।

‘म तपाईंरूको क्षेत्रको मान्छे हुँ, म प्रधानमन्त्री भए तपाईंहरू मसँग झगडा गर्न सक्नुहुन्छ, मलाई गाली गर्न सक्न हुन्छ, जे कुरा पनि भेटेर भन्न पाउनुहुन्छ' देउवाले मतदाताहरुलाई फकाउँदै भने, ‘ओली र प्रचण्ड भए के यो सम्भव छ?'

दार्चुला जिल्लाको विकास, जनताको समस्या समाधान गरेर समृद्ध राष्ट्र निर्माणका लागि कांग्रेसले नेतृत्व गरेको देउवाको दावी थियौ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.