रोल्पामा राप्रपा उम्मेदवार माओवादीमा प्रवेश

रोल्पामा राप्रपा उम्मेदवार माओवादीमा प्रवेश

रोल्पा : रोल्पामा राप्रपा (प्रजातान्त्रिक) का उम्मेदवार माओवादी केन्द्रमा प्रवेश गरेका छन्। राप्रपाबाट प्रतिनिधि सभाका लागि रोल्पाको निर्वाचन क्षेत्र ‘क’ बाट उम्मेदवारी दिएका वीरसिंह ठकुरी शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

वाम गठबन्धनको संयुक्त आयोजनामा सदरमुकाम लिबाङमा आयोजित चुनावी सभामा उम्मेदवार ठकुरीले उम्मेदवारी र पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। ‘देशको राजनीतिक धु्रविकरणले पार्ने रणनीतिक प्रभावलाई मध्यनजर गर्दै उम्मेदवारी फिर्ताको घोषणा गर्दछु’, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका ठकुरीले भने, ‘लोकतन्त्र र समृद्धिको पक्षमा रहेको वाम गठबन्धनका साझा उम्मेदवारलाई सघाउने गरी माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी गराउँछु।’ उनले कार्यक्रममा पार्टीको साधारण सदस्य समेत नरहने गरी विज्ञप्ति जारी गरेका छन्।

राप्रपाका राप्ती अञ्चल प्रमुख समेत रहेका सुवर्णावती गाउँपालिका–२ खुंग्री निवासी ठकुरीलाई नेपाल सरकारका विना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए। चुनावी सभाका अतिथि निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार वर्षमान पुन ‘अनन्त’, प्रेदेश सभाका उम्मेदवार कुलप्रसाद केसी, दीपेन्द्र कुमार पुन, समानुपातिक उम्मेदवार एवं नेतृ जयपुरी घर्ती, एमाले पोलिट ब्यूरो सदस्य गोकुल घर्तीले नवप्रवेशी ठकुरीलाई माला लगाई बधाई दिएका दिए।

क्षेत्र ‘क’ का उम्मेदवार ठकुरीले उम्मेदवारी त्यागे पनि राप्रपा (प्रजातान्त्रिक) बाट प्रतिनिधि सभाका लागि तिलबहादुर वली र निर्वाचन क्षेत्र ‘ख’ बाट हरिकला बुढाथोकी चुनावी प्रतिस्पर्धामा छन्। तीन टुक्रा बनेको राप्रपा मध्ये कमल थापा समूहले यहाँ नेपाली कांग्रेसको गठबन्धनलाई सघाएको छ। एकीकृत राप्रपा (राष्ट्रवादी) बाट प्रतिनिधि सभाका लागि रामबहादुर वली र प्रदेश सभाका लागि दलबीर पुन र थीरबहादुर डाँगी क्षेत्री उम्मेदवार छन्।

नेता ठकुरीले उम्मेदवार त्यागेको घोषणा गरेपनि मतपत्रमा चुनाव चिन्ह भने हुनेछ। उम्मेदवारी फिर्ता लिने अवधिमा फिर्ता नलिएकाले निर्वाचन आयोग र मुख्या निर्वाचन अधिकृतको कार्यालयमा उनको उम्मेदवारी भने रहिरहने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.