वाम गठबन्धनले सरकार बनाए पाँच वर्षमा देश परिवर्तन हुन्छ : नेपाल

वाम गठबन्धनले सरकार बनाए पाँच वर्षमा देश परिवर्तन हुन्छ : नेपाल

काठमाडौं : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य भएको बताएका छन्।

शुक्रबार कलाकारसँग काठमाडौंमा भएको अन्तरक्रियामा नेता नेपालले नेपाली कांग्रेस यथास्थितिवादी, प्रतिगमनको मतियार र भ्रष्टाचारले वद्नाम पार्टी भएको आरोप लगाउने गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताएका हुन् । महेन्द्र र बिपीका पालामा

बनेका उद्योग र कलकारखाना समेत कांग्रेसले समाप्त पारेको भन्दै नेता नेपालले भने, ‘राजनीतिक क्रान्तिको कार्यभार पूरा भएको छ,अब विकास र आर्थिक समृद्धि हाम्रो कार्यभार हो।’

उनले केही वाम विरोधीले अधिनायकवादको हल्ला फिजाए पनि अब देश विकास गर्ने कम्युनिस्टहरु नै भएको पनि दाबी गरे। ‘कांग्रेसले तीन पटक बहुमत ल्यायो तर, विकास निर्माणका सन्दर्भमा शून्य भयो,’ नेपालले भने, ‘पटक–पटक असफल भएको कांग्रेसले देश विकास गर्न सक्दैन। अब समृद्धिको सपना पूरा गर्न वाम गठबन्धलाई पूरा पाँच वर्ष सरकार चलाउन दिनुपर्छ।’

नेता नेपालले कम्युनिस्टले पहिलोचोटी बहुमत ल्याउने अवसर पाएको भन्दै अब बन्ने सरकारले आत्मनिर्भरमा जोड दिने दाबी गरे।

सडक, रेलमार्ग, हवाइमार्ग, जडिबुटीलगायतमा आत्मनिर्भर भई पाँच वर्षमा नेपालको मुहार फेर्न सक्ने उनको भनाइ छ। ‘सरकारले देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि वाम गठबन्धनले जित्न आवश्यक छ,’ उनले भने, ‘अहिले सर्वसाधारणमा वाम गठबन्धनप्रति आकर्षण बढ्दै गएको छ। स्वच्छ र गतिशील प्रशासनका लागि वाम गठबन्धनको सरकार नै चाहिन्छ।’

नेपालको स्वाभिमान उच्चो राख्दै वाम गठबन्धनले छिमेकीसँग पनि असल कुटनीति कायम गर्ने बताए। उनले वाम गठबन्धनले सरकार चलाएपछि ५ सय मेघावाटका १० वटा परियोजना लागू गर्ने, एक करोड पर्यटक नेपाल भित्र्याउने जस्ता काम सम्पन्न हुने पनि बताए। उनले नारायणहिटी संग्राहलयलाई इतिहासदेखि अहिलेसम्मको इतिहास भेटिने संग्राहलय निर्माण गर्ने उद्घोष गरे। ‘वाम सरकार मिशन र भिजनसहित अघि बढेको छ,’ उनले भने, ‘वाम सरकारका आएपछि जनताले रुन नपाउने होइन रुनु नपर्ने अवस्था आउँछ।’

कार्यक्रममा एमाले नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनको सरकार बनेपछि पहिलो क्याविनेट बैठकले नै कांग्रेस सरकारले गरेका गलत निर्णयहरु खारेजि गरिदिने चेतावनी दिए। उनले दुईतिहाई बहुमतसहितको सरकार वाम गठबन्धनले बनाउने पनि दाबी गरे। ‘वाम एकता कम्युनिष्टका लागि कोशेढुंगा हो,’ उनले भने।

कार्यक्रममा नेता रामवीर मानन्धरले वामपन्थी सरकार बनेपछि कलाकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘मैले कलाकारको मर्मलाई बुझेको छु,’ उनले भने, ‘पहिला हामीलाई जिताएर पठाउनुहोला। तपाईँहरुको हितमा काम गर्ने दायित्व हाम्रो हो।’

नेता केशव स्थापित र काठमाडौँ क्षेत्र नम्बर-७ क वाम गठबन्धनका उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यले पनि वाम सरकार जनताको सरकार हुने दाबी गरे। कार्यक्रममा कलाकारहरु अशोक शर्मा, केशव भट्टराई, निखिल उप्रेती, आकाश अधिकारीलगायतले मन्तव्य राखेका थिए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.