विप्लवका तीन कार्यकर्ता पक्राउ

विप्लवका तीन कार्यकर्ता पक्राउ

जुम्ला :  आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समय नजिकिँदै गर्दा निर्वाचनको गतिविधि बिथोल्ने आशंकामा जुम्लामा नेकपा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । शुक्रबार दिउँसो जिल्लाको हिमा गाउँपालिकाको ब्रुह प्रहरी चौकीले विप्लव समूहका दुई जना कार्यकर्तालाई निर्वाचन बिथोल्न नदिनका लागि पक्राउ गरिएको बताएको छ ।

नेकपाका जिल्ला सदस्य हिमा गाउँपालिका ७ निवासी हैत बुढा र सोही गाउँपालिका ५ निवासी कुलबहादुर शाहीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खलंगामा ल्याइएको प्रहरी सहायक निरीक्षक चुडामणि पुनले जानकारी दिए । यसअघि कात्तिक २९ गते सिंजा गाउँपालिका-२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको थियो । यस्तै, कालिकोटमा पनि शुक्रबार विप्लव समूहका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री विप्लव समूहका कार्यकर्ताले लुटेको बताइएको छ । मतदाता शिक्षा स्वयंसेवक जयशंकर चौँलागाई र राधा श्रेष्ठले मतदातालाई मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बटोमा सामग्री लुटिएको उनीहरुले बताएका छन् । मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । निर्वाचन सामग्री लुटिएपछि विप्लव समूहका कार्यकर्ताले सामाजिक सञ्जालमा समेत पोष्ट गरेका थिए ।

शुक्रबार नै कालिकोट नरहरीनाथ गाउँपालिका ४ को गाठीमा मतदाता शिक्षा सामग्री लुटिएको छ । गोठी मतदान केन्द्रका मतदाताको लागि लैजाँदै गरेका मतदाता शिक्षा सामग्री विप्लव समूहका कार्यकर्ताले लुटेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । निर्वाचन बिथोल्ने कार्यमा संलग्नलाई खोजी गरिरहेको समेत प्रहरीको भनाइ छ । निर्वाचन शिक्षा सामग्री लुटिएपछि काम गर्न असहज भएको समेत कार्यालयले जनाएको छ । कालिकोटका निर्वाचन प्रमुख मणिराम भट्टराईले अज्ञात समूहले लुटेको ठाउँमा थप निर्वाचन शिक्षा सामग्री पठाउन लागिएको बताए । निर्वाचन शिक्षाका लागि बनाइएका पोष्टर, नमूना मतपत्र लगायका सामग्री च्यातिएको छ ।

यता जिल्ला प्रशासनले भने मतदाता शिक्षा सामग्री लुट्नेहरुको समेत खोजी भइहेको जनाएको छ । हाल पक्राउ परेको सोही समूहका हुनसक्ने आशंक गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । निर्वाचन विरोधी गतिविधि हुन सक्ने भन्दै दुबै जनालाई निर्वाचन सकिन्जेलसम्म प्रहरी नियन्त्रणमा राखिने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा विप्लव नेतृत्वका पार्टी नेताकार्यकर्ताले निर्वाचन बिथोल्न कुनै अप्रिय काम नगरेपनि पूर्व सजकता बनाउनको लागि अनुसन्धानकै क्रममा दुई जनालाई प्रक्राउ गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.