अफगानिस्तानले जित्यो यू-१९ एसिया कप

अफगानिस्तानले जित्यो यू-१९ एसिया कप

काठमाडौं : एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ । आइतबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा पाकिस्तानलाई एक सय ८५ रनको फराकिलोअन्तरले पराजित गर्दै अफगानिस्तानले पहिलो पटक यू-१९ एसिया कपको उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानको युवा टोलीले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ४८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि इक्रम फइजीले शतक बनाए । खेलको अन्तिमसम्म अविजित रहेका उनले एक सय सात रन जोडे । उनले एक सय १३ बलको सामना गरी दुई छक्का र १० वटा चौका प्रहार गरेका थिए । यसैगरी रहमान गुलले ४०, इब्राहिम जार्डनले ३६, डार्विस रसोलीले १८ र क्विस अहमदले १४ रन थपेका थिए । पाकिस्तानका बलर मोहम्मद मुसाले तीन विकेट लिए । साहिन साह अफ्रिदीले दुई तथा हसन खान र मोहमद ताहाले एक÷एक विकेट हात पारे ।

दुई सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२.१ ओभरमा केवल ६३ रन बनाउँदै अलआउट भयो । पाकिस्तानलाई कम योगफलमा समेट्न अफगानिस्तानका बलर मुजिवउमर रहमानले पाँच विकेट लिए । रहमानले नेपालविरुद्धको सेमिफाइनलमा पनि ६ विकेट लिएका थिए । पाकिस्तानका लागि मोहम्मद ताहाले सर्वाधिक १९ रन जोडेका थिए ।

यसैगरी कप्तान हसन खानले १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बटुल्न सकेनन् । अफगानिस्तानले सेमिफाइनलमा नेपाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पाकिस्तान भने बंगलादेशलाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.