जनकपुरमा रामजानकी रंगशाला बन्ने

जनकपुरमा रामजानकी रंगशाला बन्ने

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी तीन वर्षभित्र जनकपुरमा सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा राखेपले ३० वर्षका लागि गुठी संस्थानसँग लिजमा लिएको छ । जग्गा लिजसम्बन्धी सम्झौतापत्रमा आइतबार राखेपका सदस्यसचिव केशवकुमार विष्ट र गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रमुख नारायण चौधरीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार राखेपले गुठी संस्थानलाई बर्सेनि नौ लाख रुपैयाँ प्रदान गर्नेछ । राखेपले उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियम निर्माण गर्न लागेको जानकारी सदस्यसचिव विष्टले दिए । यसैगरी उक्त जग्गामा बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर पनि निर्माण गरिने सदस्यसचिव विष्टले बताए ।

‘विशेषगरी क्षेत्र नम्बर २ लाई ध्यानमा राखी खेलकुदको संरचना निर्माण गर्न लागेका हौं । यसका लागि ६ अर्ब रुपैयाँ खर्च हुनेछ । त्यो रकम सरकारले खर्च गर्नेछ । सरकारको लगानीमा तीन वर्षभित्र मल्टी इयर बजेटमा यो संरचना बनाउन लागिएको हो,’ विष्टले भने । संस्थानका कार्यकारी प्रमुख चौधरीले प्रयोगमा नआएको जग्गा खेलकुदलाई दिँदा दोहोरो फाइदा हुने बताए ।

राखेपका सदस्यसचिव विष्टले गुठी संस्थानसँग उक्त जग्गा लिन दुई वर्षदेखि थालिएको प्रयास साकार भएको बताए । उनले संरचनाका लागि छिट्टै डीपीआर तयार गरिने जानकारी पनि दिए । राखेपले स्टेडियम परिसरमा व्यापारका लागि सटर निर्माण गरी भाडामा लगाउने जानकारी पनि विष्टले दिए । स्टेडियम बनेर व्यावसायिक प्रयोजनमा आएपछि गुठी संस्थानलाई त्यसबाट आउने प्रतिफलको २५ प्रतिशत रकम उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ ।

उक्त जग्गामा ६ अर्ब रुपैयाँको लागतमा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियम निर्माण गरिने जानकारी सदस्यसचिव केशवकुमार विष्टले दिए । यसैगरी बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर पनि निर्माण गरिने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.