राजधानीमा साहित्यकारको भलिबल

राजधानीमा साहित्यकारको भलिबल

काठमाडौं: निर्वाचनलाई लक्षित गरी शनिबार राजधानीमा साहित्यकारबीच भलिबल खेल सम्पन्‍न भएको छ। संस्कृति, साहित्य र कलाको संगम संसाक मासिक पत्रिका, साहित्यकार खेलकुद समाज र लुनार इंलिस बोर्डिङ स्कुल गोंगबुको आयोजनामा भलिबल खेल भएको हो।

'निर्वाचन र खेलकुद, नेता र जनताको मिलजुल' भन्‍ने नाराका साथ स्वच्छ, स्वस्थ्य र सौहार्दपूर्ण निर्वाचनका लागि 'दोस्रो साहित्यिक मैत्रीपूर्ण भलिबल खेल' आयोजना गरिएको कार्यक्रमका संयोजक उमेश पाण्डेले जानकारी दिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले खेलको निष्पक्षताले निर्वाचनमा गर्नुपर्ने स्वस्थ्य प्रतिस्पर्धाको चेतना नेताहरुलाई दिने बताए।प्राध्यापक डा. गार्गी शर्माले कोठामा बसेर कलममात्र चलाउने स्रष्टा आज फरक क्षेत्रमा मनमष्तिस्कलाई पनि स्वस्थ्य बनाउँदै पुनः सिर्जना गर्ने वातावरण पाएको बताइन्।

साहित्यकार खेलकुद समाजका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले स्रष्टाले राजनीति र राजनेता अनि राजनेताले स्रष्टा, साहित्य र समाज बुझ्ने अवसरका रुपमा खेलको आयोजना गरिएको बताए।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा भएको उक्त खेलमा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका बामगठबन्धनका उमेद्वार इश्वर पोखरेल, उनका प्रतिस्पर्धी कांग्रेसका प्रकाशशरण महत, क्षेत्र नम्बर ६ का कांग्रेसबाट प्रतिनिधि सभाका उमेद्वार भीमसेनदास प्रधान र उनका प्रतिस्पर्धी बामगठबन्धनका झक्कुप्रसाद सुवेदीलाई पनि बोलाइए पनि निर्वाचनको व्यस्तताले सहभागी हुन सकेनन्।

कार्यक्रममा क्षेत्र नम्बर ५ को बामगठबन्धनबाट प्रदेश सभाका उमेद्वार योगेन्द्र संग्रौला, कांग्रेसका न्हुच्छेनारायण मानन्धर र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सहभागी भए।सहभागीलाई प्रमाण पत्र दिँदै साहित्यकार डा. घनश्याम परिश्रमीले स्रष्टा सिर्जनाभन्दा बाहिर जाने यस्ता विभिन्न अवसर अत्यावश्यक हुने बताए।

खेलमा साहित्यकारहरु गार्गी शर्मा, शैलेन्दुप्रकाश नेपाल, उमेश पाण्डे, गोपीकृष्ण ढुंगाना, राधा कार्की, बलराम भट्ट लगायत सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.