काँकरभिट्टा गोल्डकप फुटबल भोलिदेखि

काँकरभिट्टा गोल्डकप फुटबल भोलिदेखि

काँकरभिट्टा : मेची नेत्रालय काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भोलिदेखि सुरु हुँदैछ । आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो । झापाको काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगतामा नेपालका ए डिभिजनसहित भारतका गरी कुल १० वटा टिमले सहभागिता जनाउने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनकुमार बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा भारतको एक टोली र ‘ए डिभिजनका’ नौब टिमको सहभागिता रहने काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसहित रमपम झापा–११, अग्नी रुपन्देही–११, मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सुदूर पश्चिम–११ र भारत कोलकाताको सुभाष चन्द्र बोइज क्लबको सहभागिता रहेने बताइएको छ । भोलिको उद्घाटन खेल नेपाल पुलिस क्लब र कोलकाताबीच हुनेछ ।

मेची बस व्यवसायी संघ सहप्रायोजक रहेको उक्त प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेता टिमले चार लाख एक हजार रुपैयाँ पाउने बस्नेतले जानकारी दिए । बस्नेतले प्रतियोगताका लागि ६३ लाख ९२ हजार खर्च लाग्ने बताए । उक्त प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १५ गते हुनेछ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.