ढिकुरे सभाजुलुस निषेधित क्षेत्र

ढिकुरे सभाजुलुस निषेधित क्षेत्र

नुवाकोट :  जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिकाको वडा नं. १ रहेको ढिकुरेवजारलाई बिहीबार निषेधित क्षेत्र घोषणा गरेको छ । ढिकुरे बजार क्षेत्रमा एक दिनका लागि सभा जुलुस गर्न नपाइने गरी सभा जुलुश, राजनीतिक कार्यक्रम निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए ।

प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्वमा चौघडा, पश्चिममा वर्राफेदी डाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघडा चारकिल्ला भित्र पर्ने ढिकुरे वजारमा बिहीबार कुनै पनि सभा जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । बिहीबार ढिकुरे बजारमा नेपाली काँग्रेसको र त्यसको केही पर वाम गठबन्धनको चुनावी सभा हुन लागेको र परिस्थितिको विश्लेषण गरेर स्थिति गम्भीर देखिएकाले निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए ।

‘हामी सभा होस नै भन्ने चाहन्थ्यौं ।तर, पछिल्लो केही दिनमा विकसित घटनाक्रमहरु समेतको अध्ययनले सुरक्षा अवस्था सुदृढ बनाउन समस्या देखिएपछि यस्तो निर्णय लिईएको हो' यादवले भने ।

ढिकुरेबजारमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा र क्षेत्र नं. १ का उमेदवार डा. रामशरण महत सहितका नेताहरुले सम्वोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.