प्रदेशको सीमांकन सच्याउने राजपाको घोषणा

प्रदेशको सीमांकन सच्याउने राजपाको घोषणा

बर्दिबास : प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीको घोषणापत्र सार्वजनीक गरेका हुन्। घोषणापत्रमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ चुनावी मुल नारा भएको उल्लेख गरिएको छ।

‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ।

मधेस, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा शहादत दिएका र घाइते भएका हरेक जीवित र सहिदको सपना साकार पार्ने राजापाले जनाएको छ। नेपालबाट सबैखाले विभेदको कानुनी अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सिमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न घोषणा पत्रमा छ। देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैंका लागि अन्त्य गर्दै मुलुकलाई शान्ति, समृद्धि र सफलताको पथमा डोर्याउने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपालको चुनाव चिन्ह छातामा मत हाल्न आह्वान गरेको छ।

के छ त राजपाको घोषणापत्रमा ?
राजपाले आफ्नो घोषणापत्रमा अति आवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचिमा राखेको छ। पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास द्रुत गतिमा हुनुपर्ने भन्दै राजपाले राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रुपमा वेवास्ता गरेको मधेस र थरुहट क्षेत्रको विकासलाई अबको सर्वाधिक प्राथमिकताको विषय बनाउने जनाएको छ।

बाढि पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक संजाल र रेल सेवाको विस्तार, काठमाण्डौं–निजगढ द्रुतमार्ग र निजगढ दोश्रो अन्तराष्ट्रिय विमानस्थल, जनकपुर–अन्तराष्ट्रिय पर्यटन स्थल एवंंं विश्व हिन्दु केन्द्र, विरगन्ज–नेपालको आर्थिक कारोवार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्बिनी–अन्तराष्ट्रिय बुद्धिष्ट केन्द्रसूचिना प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन, शहिद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र, विकास क्षेत्र भन्ने प्रतिबद्धता जनाएको छ।

राजपाले हरेक बर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण, बर्षा यामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको जनतालाई प्रकोपबाट सर्धैका लागि मुक्त गर्न शसक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तैगरी सहज आवागमन र सर सामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामांकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको प्रतिवद्धता छ।

जनकपुर अन्तराष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दू केन्द्रलाई प्राथमिकता दिंदै जनकपुरको बृहत र चौतर्फि विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरलाई अन्तराष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तराष्ट्रिय आधुनिक विमानस्थलको रुपमा स्तरोन्नती गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ।

वीरगन्जलाई आधुनिक शहरको रुपमा विकास गर्दै यसलाई वैकिङ्ग, विमा, शेयर कारोवार र अन्तराष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरु खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाईने, वीरगन्जलाई विश्वका अन्य व्यापारीक र आर्थिक कारोवार हुने सहरहरुसँग सरकारी स्तरमै जोडिने घोषणापत्रमा समावेश गरिएको छ।

विराटनगर, भैरहवा र नेपालवगन्ज नेपालको आर्थिक विकासको मेरुदण्डका रहेको भन्दै राजपा नेपालले निर्वाध विद्युत आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नती, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति लगातका दिशामा ठोस कार्य गर्दै उद्योगहरुको सम्बन्धन र थप विस्तारको कार्यक्रमहरु बनाउने जनाएको छ। राजविराज, सिराहा, जलेश्वर, मलङ्गवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगन्ज, तुलसीपुर, गुलरीया र महेन्द्रनगरमा एकिकृत सहरी विकास कार्यक्रम लागु गरी आधुनिक सहरको निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

लुम्बिनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाउने, ढिलो भएमा योजना र निर्माण कार्यहरुलाई यथाशिघ्र सम्पन्न गर्ने, सुरु नभएका कार्यक्रमहरुलाई अविलम्ब प्रारम्भ गर्ने, राजनीतिक हस्पताक्षेपलाई निरुत्साहित गर्ने, सुस्त गतिमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई शीघ्र सम्पन्न गरि सञ्चालनमा ल्याउने राजपाको प्रतिबद्धता छ।

राजपाले सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनीक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवँ व्यवासायीक शिक्षा केन्द्रहरुमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ।

उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटी सहित ऋण उपलब्ध गराउने, बैंक र वित्तिय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तिमा १ प्रतिशत युवाहरुको नयाँ कारोवार ९क्तबचत ग्उ० मा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ। विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गर्ने, त्यसमध्ये कुनै दुईलाई अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रंगशाला ९क्ष्लतभचलबतष्लब िक्तबमष्गm० को रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।

‘महिलाको लागि हरेक उच्च शिक्षा निशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैंया अनुदान दीर्घकालीन मुद्धती खाता खोलि बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एक मुस्ट रकम प्रयोग गर्न सक्नेछन्’ घोषणापत्रमा भनिएको छ। कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मँगलसुत्र वा सो वरावरको रकम प्रदान गर्ने समेत राजपाले प्रतिबद्धता जनाएको छ।

किसानमैत्री कार्यक्रमलाई जोड दिँदै राजपालो कृषि क्षेत्रको आधुनिकिकरण, नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल खाद्यको सस्तो र सहज उपलब्धता, उत्पादन बृद्धि र विविधिकरण, सरलीकृत कृषि ऋण तथा नयाँ बजार विस्तार आदि उपायहरु अबलम्बन गर्दै किसानको जीवन सुखद बनाउनुको साथै देश विकासमा कृषि क्षेत्रको योगदानलाई बृद्धि गर्ने उल्लेख गरेको छ।

नेपालको कुल जनसँख्याको लगभग एक चौथाई गरिबिको रेखामुनि रहेका अति विपन्न नेपालीको जीवनलाई थप कस्टकर हुनबाट बचाउन त्यस्ता हरेक नेपालीको पहिचान गरी तिनलाई सहुलियत मूल्यमा चामल र अन्य दैनिक सामग्री सहज उपलब्ध गराउने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ।

वैदेशिक लागनी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन दिन विधिको शासन, नीतिगत स्थिरता, प्रभावकारी अनुगमन, वैदेशिक लागनीको वातावरण निर्माण, राजनीतिक हस्तक्षेपबाट मुक्ति र यथेष्ट प्रोत्साहन प्रदान गर्दै निजी क्षेत्रको विकास, विस्तार र राष्ट्र निर्माणमा योगदान गर्ने सहज स्थितीको सिर्जना गर्ने प्रतिबद्धता पनि राजपाले जनाएको छ।

मधेश आन्दोलन, थरुहट आन्दोलन र अन्य आन्दोलनहरुमा आफ्नो ज्यानको आहुति दिने अमर शहिदहरुलाई श्रदाञ्जली अर्पण गर्न, तिनको त्यागलाई प्रेरणाको श्रोतको रुपमा रुपान्तरण गर्न र तिनको योगदानलाई चिर स्मरणीय बनाउन शहादत दिएका हरेक ठाउँमा शहिद स्तम्भ र शहादत भएका हरेक जिल्लामा शहिद स्मारकको निर्माण गर्ने, शहिदको लागि गरिएको हरेक प्रतिबद्धता पुरा गर्ने, शहिद परिवारको उचित हेरचाह, घाईते र अंगभंग भएकाहरुको उपचार र रोजगारीको व्यवस्था गर्ने राजपा नेपालको प्रतिबद्धतापत्रमा उल्लेख छ।

हरेक क्षेत्र, विशेष क्षेत्र भन्दै राजपाले मिथिला, भोजपुरा, अवध र थारु समुदायको ईतिहास, भाषा, संस्कृति र कलालाई संरक्षण गर्ने उदेश्यले उपयुक्त स्थानहरुमा संग्रहालय र अनुसन्धान केन्द्रहरुको स्थापना गर्ने, प्रदेश नम्बर–२ मा निर्माण गरिने पहिलो दुईवटा पाँचतारे होटेललाई करमा पूर्ण छुट दिने, एक अर्ब भन्दा बढी लगानीको अन्य कुनैपनि उद्योगलाई करमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता घोषणापत्रमा गरेको छ।

तिन चरणका स्थानीय तह निर्वाचनमा पहिलो र दोस्रो चरणको निर्वाचनलाई बहिस्कार गरेको राजपाले संविधानमा केही संशोधन र काुननमा केही सुधारपश्चात काँग्रेस र माओवादी केन्द्रले संविधानको पूर्णताका लागि निर्वाचनपछि बन्ने प्रतिनिध सभामा दुई तिहाई मत पुर्याई आवश्यक सर्ब संशोधनका लागि सघाउने प्रतिबद्धता व्यक्त गरेपछि राजपा नेपालले प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको स्थानीय चुनावमा भाग लिएको थियो।

घोषणासभामा अध्यक्ष मण्डलका सँयोजक महन्थ ठाकुरले संविधानको पूर्णता, समावेशिताको व्यवहारिक सुनिश्चितता, नागरिकता र भाषिक अधिकारको प्राप्ति एवं समग्र मधेस र थरुहटको द्रत विकासको चाहनासँग आफूहरुले कुनै सम्झौता नगरेको र कदापि नगर्ने स्पष्ट पारे।आफूहरुको संघर्ष जारी रहेको पनि बताए।

दोस्रो संविधानसभाको निर्वाचनपछि अनेकौ अवसर, प्रलोभन र दबाबका बाबजुद राजपा नेपाल स्वयँ वा यसको गठन हुनुभन्दा पहिले यसको कुनैपनि घटक दल सरकारमा नगएको स्मरण गराउदै ठाकुरले त्यो आफूहरुका लागि सत्ताभन्दा माथि मुद्धा रहेको कुराको प्रमाण रहेको बताए।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि आफूहरुको जारी संघर्षको एउटा महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै उहाँले पहिचान, सम्मान, स्थान र स्वाभिमान प्राप्तिको निर्वाचन रुपी लडाईमा मतदाताहरुको मत आफूहरुका लागि सबैभन्दा ठुलो हतियार हुने बताए। त्यसैले छाता चिन्हमा भारी मतदान गरी राजपा नेपाललाई अत्यधिक मतले धेरै भन्दा धेरै स्थानमा बिजयी गराउन उहाँले मतदाताहरुलाई अनुरोध गरे। उनले भने,‘तपाईको एक मत हाम्रो संघर्षका लागि सबैभन्दा महत्वपूर्ण उर्जा हनेछ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.