धादिङमा कांग्रेस कायकर्तामाथि आक्रमण

धादिङमा कांग्रेस कायकर्तामाथि आक्रमण

धादिङ : आसन्न प्रदेशसभा र प्रतिनिसिभा निर्वाचनको मौन अवधि जारी रहदाँ धादिङमा हिंसात्मक घटना सुरु भएका छन् । नेपाली कांङग्रेस धुवाँकोट गाउँ समितिका संयोजक सन्तोष बस्ताकोटीमाथि शुक्रबार बिहान आक्रमण भएको छ । कांग्रेसका धुवाँकोटको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका बस्ताकोटीलाई शुक्रबार बिहान पौने ६ बजे घरमै आक्रमण भएको उनका परिवारले जानकारी दिएका छन् ।

नीलकण्ठ नगरपालिका-१४ धुवाँकोटटार निवासी २६ वर्षीय बस्ताकोटीलाई ९ जनाको समूहमा अहाएका व्यक्तिले खुकुरी, रड लगायतका हतियारबाट आक्रमण गरेको परिवार जनले बताएका छन्

आक्रमणबाट बस्ताकोटीको टाउकोको दाँया भाग र दुवै खुट्टामा गहिरो चोट लागेको छ । उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश धमलाले बताए ।

कांग्रेस धादिङले धुवाकोटका एमाले नेताहरुको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएको छ । निर्वाचन नजिकिदै जाँदा मतदातालाई त्रसित बनाउने उद्देश्यले आक्रमण भएकाल भन्दै संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

घटनास्थल नजिकै घर भएका नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार डाक्टर रामकुमार अधिकारीले भने आफ्ना कार्यकर्ताले आक्रमण गरेको नभई व्यक्तिगत कारणले झगडा भएको बताए । अधिकारीले अन्नपूर्णसँग भने, ‘म घटनास्थलमा त छैन तर मैले पाएको जानकारी अनुसार हामीलाई निराधार दोष लगाइएको छ, कांग्रेस कार्यकर्ताहरुको व्यक्तिगत झगडा हो, हाम्रो पार्टीको संलग्नता छैन ।’

आक्रमणको खबर पाउने वित्तिकै घटनास्थलतर्फ प्रहरी पठाइएको भएपनि घटनाबारे विस्तृत विवरण नआइसकेको जिल्ला प्रहरी प्रमुख ध्रुवकुमार राउतले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.