समृद्ध स्याङ्जा साझा नारा

समृद्ध स्याङ्जा साझा नारा

स्याङ्जा : प्रतिनिधिसभा क्षेत्र १ का कांग्रेसका राजु थापा र वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारायण मरासिनीको साझा नारा छ, ‘समृद्ध स्याङ्जा निर्माण।' २०७० को संविधानसभामा यही निर्वाचन क्षेत्रबाट विजयी बनेका थापाले एमालेका मरासिनीलाई पराजित गरेका थिए। अहिले पनि दुवै आमनेसामने भएका छन्। जित दोहोर्‍याउने र हारको बदला लिने दुवैका दाउमा देखिन्छन्। उनीहरूबीच कडा टक्कर देखिन्छ। दुवै जना चुनावी प्रचारमा लागेका छन्।

मरासिनी ०५४ मा पुतलीबजार नगरपालिकाका उपमेयर थिए। नगरपालिका प्रमुख उमेशचन्द थापाको निधनपछि उनी कार्यवाहक प्रमुख भएका थिए। संविधानसभामा पराजित भए पनि यसपटक वाम गठबन्धन बनेकाले माओवादीको साथ पाएर मरासिनी जित्नेमा ढुक्क छन्।

पूर्वसांसद थापा पनि पछिल्ला चार वर्षयता जिल्लामा पुर्‍याएको विकास निर्माणले जित्ने दाबी गरिरहेका छन्। खड्केटारी-पञ्चासे सडकको डीपीआर, बाडखोला-दुलेगौडा पक्की सडक, नागडाँडा-पञ्चासे सडक, राङखोला-बिरुवा सडक, घुम्ती-चिसापानी सडक, पक्की पुल, खानेपानी योजना र विद्युत् सेवा थापा सांसद हुँदाको उपलब्धि भएको कांग्रेसका जिल्ला प्रवक्ता इन्द्रबहादुर गोदारले दाबी गरे।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका सदस्य निर्वाचित हुने जिल्लामा नौ दल चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश १ ‘क' मा कांग्रेसका जिल्ला सभापति कमलप्रसाद पंगेनी र ‘ख' तुलसी गिरी कांग्रेसबाट र दीपक घर्तीमगर र मीनप्रसाद गुरुङ वाम गठबन्धनबाट बनेका हुन्। घर्तीमगर माओवादी केन्द्र र गुरुङ एमालेका हुन्।

विगतका निर्वाचनमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुन्थ्योे। माओवादी केन्द्रको कम प्रभाव रहेको स्याङ्जामा संविधानसभाको दुवै निर्वाचनमा पनि कांग्रेस र एमाले विजयी भएका थिए।

जिल्लामा कांग्रेस, एमाले माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय प्रजातन्त्र पाटी, र नेका बीपी गरी १० दलका ४० उम्मेद्ववारी दिएको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.