छिट्टै ढल मर्मत गर्ने शाक्यको प्रतिवद्वता

 छिट्टै ढल मर्मत गर्ने शाक्यको प्रतिवद्वता

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्द्यर शाक्य बिहानै महानगरवासीको घरघरमा पुगे तब स्थानीयवासी जनप्रतिनिधिलाई आफ्नै घर–आगनमा देख्दा उत्साहित भए । खासगरी काठमाडौंको सुनारगाउँका बासिन्दा निकै उत्साहित भएर प्रतिनिधिसँग भलाकुसारी गर्न पाउँदा दंग देखिन्थे । प्रायःजसो आफैँले भोट दिएर जिताएपछि अर्को चुनावसम्म नाकमुख नदेखेका मतदाताका लागि नौलो शुक्रबार मेयर शाक्यसहित काठमाडौँ क्षेत्र नम्बर–९ का वाम गठबन्धनका तर्फबाट संघका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ र प्रदेशसभा ‘क’का उम्मेदवार डा. अजयक्रान्ति शाक्यसँग सुरुमै कलंकी सुनार वस्तीका वासिन्दाले गुनासो पोख्न भ्याए ।

‘तपाईँहरु यही चुनावभरी त होला नि हाम्रो घर–आँगनमा देखिने ?’ एक स्थानीयले विगतको तितो अनुभव यसरी पोख्दै गर्दा मन्द मुस्कानसहित मेयर शाक्यले जवाफ फर्काए । ‘तपाईँहरुले भोट दिएर जिताउनुभयो, यो ठाउँको विकास गर्नुहोस् भन्ने जिम्मेवारी मेरो काँधमा राखिदिनुभयो । अब म तपाईँहरुको घरदैलोमा नआएर कहाँ जाने ?’ मेयर शाक्यकै भनाईमा थप गर्दै कृष्णगोपालले पनि जनताको भोट पाएर जितेपछि जनतालाई कहिल्यै नविर्सिने प्रतिवद्धता व्यक्त गरे ।

Image may contain: one or more people, people standing, people walking and outdoor

सबै दृष्यलाई निहाली रहेकी त्यही गाउँका ९६ वर्षीय एक वृद्धाले विकासबारे चासो राख्दै घरदैलोमा पुगेका मेयर शाक्य, उम्मेदवार श्रेष्ठ र शाक्यलाई जितको शुभकामना दिदैँ परिवर्तनको अनुभूति हुनेगरी काम गर्न आग्रह गरे । उनले त्यसरी शुभकामना दिदैँ गर्दा एक पटक स्थायी सरकार बनेको देखेर मर्ने इच्छा भएको पनि सुनाए ।

वृद्धामात्र होइन त्यो क्षेत्रका सबैले स्थायी र विकासका लागि प्रष्ट दृष्टिकोण भएको नेता चाहिएको विचार व्यक्त गरे । करिब दुई घण्टा कलंकी चोक, सन्तोषीनगर, सुनार गाउँलगायतका स्थानमा दुई उम्मेदवारसँगै मेयर पनि घुमेका थिए । मेयर शाक्यले सोही क्रममा काठमाडौँ वडा–१४ सुनार गाउँ कलंकी मन्दिर छेउको ढलको समेत अवलोकन गरे । स्थानीयले उक्त ढल निकै ठूलो समस्या रहेको गुनासो गरेपछि शाक्यले तत्काल त्यो ढल मर्मत वडा तहबाटै गर्न निर्देशन दिए। ‘यहाँबाट भएन भने मलाई सम्पर्क गर्नुहोस्,’ उनले भने ‘तत्काल समाधान गर्नेछु ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.