विवाह गरेर फर्कदै गर्दा इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु

विवाह गरेर फर्कदै गर्दा इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु

रुकुम : घरबाट विवाह सम्पन्न गरेर फर्कदै गरेका इन्स्पेक्टर दम्पतीसहित सातजनाको मृत्यु भएको छ । विवाह सकेर पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना दम्पतीसहित सातजनाको मृत्यु भएको हो ।

रुकुमकोट निवासी प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको हो । उनीहरुको घरबाट विवाह सकेर कार्यस्थल फर्कदै थिए ।

दुर्घटनामा परी मुसीकोट नगरपालिका वडा नं १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नं ४ की सुरेखा शाह, त्रिवेणी गाँउपालिका वडा नं १ की यमुना मल्लको निधन भएको प्रहरीले जनाएको छ । सुदन श्रेष्ठ र शेरबहादुर श्रेष्ठ बाबुछोरा हुन् ।

दुर्घटनामा घाइते भएका दाङका टेकबहादुर खत्री, चालक प्रेम थापा र सहचालक बाँफिकोटका प्रेम केसीलाई जिल्ला अस्पताल उपचार हुन नसकी थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
जीप इन्स्पेक्टर दम्पीको विवाह सकेर मुसीकोट आउँदै गर्दा मुसीकोट नगरपालिकाको वडा नं ६ साँखमा दुघर्टनामा परेको थियो । जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.