ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, छ जना घाइते
बारा : बाराको पथलैया निजगढ सडकखण्डको दुधौरा खोला नजिक ट्रक दुर्घटना हुदा दुई जनाको मृत्युु भएको छ। भैंसी लोड गरेर निजगढबाट काठमाडौतर्फ हिडेको ना३ख ९०२४ नम्बरको ट्रकले पैदल यात्रुलाई ठक्कर दिई अनियन्त्रित हुँदा पैदल यात्रु र ट्रकमा सवार एक यात्रुको मृत्युु भएको हो ।
मृत्युु हुनेमा अम्साद अंसारी र पैदल यात्रु महिलाको सनाखत हुन बाकी रहेको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ ।
दुर्घटनामा ५ जना घाइते भएका छ्न् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।