विराटनगरमा भेटिएको बम सेनाद्वारा निष्क्रिय
विराटनगर : विराटनगर ४ स्थित एयरपोर्टको छेउ नजिकमा भेटिएको सुतली बम नेपाली सेनाले निष्क्रिय पारेको छ। 'हाम्रो अस्पताल' नजिकै रातो कपडाले बाधिँएको अवस्थामा बम भेटिएको थियो। सेना र प्रहरीले उक्त स्थान खाली गर्दै बम निष्क्रिय पारेको हो।
केही समय कोशी राजमार्ग अन्तर्गत उक्त क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो।