मोटरसाइकल दुर्घटनामा दम्पतिको मृत्यु

मोटरसाइकल दुर्घटनामा दम्पतिको मृत्यु

धरान: खानेपानी संस्थान धरानका नायव सुब्बा भरत तुङघक सुब्बा र उनकी श्रीमति टिकादेवी लिम्बुको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

सोमवार को ४ प ६३१७ नम्बरको मोटरसाइकलमा धरानबाट इटहरी जाँदै गरेका सुब्बा दम्पतिलाई कोशी राजमार्ग अन्तर्गत धरानको तीनकुने सडक खण्डमा को १ झ २७१४ नम्बरको बराहा ज्वेलरी इण्डष्ट्रिज प्रालिको महेन्द्रा पिकअफले पछाडिबाट ठक्कर दिदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तीनकुनेबाट धरानको चराकोसे जङ्गलको बाटो हुँदै मोटरसाईकलमा सवार उनीहरुलाई अनियन्त्रित भई गुडिरहेको पिकअफले पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए।

ठक्कर दिने गाडीका चालक धनकुटा हिलेका हिरालाल मगरलाई प्रहरीले पक्राउ गरी घटनाबारे अनुसन्धान थालेको उनले जानकारी दिए। सुब्बा लिम्बु भाषा संस्कृतिका ज्ञातासमेत हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.